चोरिएका दुई बच्चासहित एक जना नियन्त्रणमा

चोरिएका दुई बच्चाहरूसहित बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बिओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सोही गाउँपालिका-३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द […]

कसरी सम्भव भयो पोखरामा पहिलो ओपन हर्ट सर्जरी..?

गण्डकी प्रदेशभरिका अस्पतालमै पहिलो पटक ‘ओपन हर्ट सर्जरी’ गरेका ४५ वर्षीय विष्णु गौतम आइतबार डिस्चार्ज भए। पोखराको चरक मेमोरियल अस्पताल उनको मुटुको शल्यक्रिया गरेर साउन २६ गते उक्त सेवा सुरू गरेको थियो। सेवा पाउने पहिलो व्यक्ति बनेका थिए, विष्णु। छाती चिरेर मुटुको अप्रेसन गर्नु कम संवेदनशील थिएन। ओपन हर्ट सर्जरी सेवा सञ्चालन गर्न अस्पतालले डेढ […]

चुहानडाँडा विमानस्थलको लागत १ अर्ब

१५ फागुन २०७५ सालको हेलिकप्टर दुर्घटनासँग जोडिएको तेह्रथुम जिल्लास्थित चुहानडाँडा विमानस्थल बनाउन १ अर्ब रुपैयाँ लाग्ने भएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकप्टर यो आयोजनाको सम्भाव्यता अध्ययनका सिलसिलामा चुहानडाँडामा रोकिएको थियो । सो स्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ताप्लेजुङको पाथीभरा दर्शन गरेर काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा […]

अदालतको प्रश्न : गौशाला २६ को जन्मदर्ता सन्दीपले कहाँबाट ल्याए.. ?

बालिका बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले पेश गरेको कागजातमाथि गम्भीर प्रश्न उठाएको छ । अदालतले बयानका क्रममा सन्दीपले पेश गरेको कागजातको स्रोत यकिन गर्न र त्यहाँबाट फेरि विवरण मगाउन आदेश दिएको हो । गत बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलाशको आदेशमा भनिएको छ, ‘प्रतिवादी (सन्दीप)ले बयानका क्रममा पीडितको जन्म दर्ता किताबको सम्बन्धित पृष्ठको […]

तामाङ समुदायमा किन स्वीकारिन्छ मामा-फुपूका छोराछोरीसँग बिहे..?

प्राचीनकालदेखि तामाङ समाजले आफ्नो सामाजिक सम्बन्ध र राजनीतिक संगठन व्यवस्थित गर्न सामूहिक विधि र नियम निर्माण गरेका थिए। यी विधि, नियम र कानुनका आफ्नै मौलिक विशेषता छन्। यिनै विधि र कानुनले तामाङजस्तो ठूलो जनसंख्या भएको समाजलाई सशक्त र एक बनाउन सम्भव बनाएका हुन्। तामाङ सामाजिक सम्बन्धको एक महत्त्वपूर्ण अंगमध्ये विवाह प्रथा हो। तामाङ विवाह प्रथा, […]

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८०ः सरोकारवालाको चासो’ विषयक बहस कार्यक्रमका वक्ताले शिक्षा विधेयकमा व्यावसायिक र वैज्ञानिक शिक्षाको सुनिश्चित गरिनुपर्नेमा जोड दिए। शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षक […]

ब’लात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका-८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्। उनीविरूद्ध साउन २४ गते एक महिलाले  जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं […]

ललिता निवास प्रकरणमा केही नेताहरूको बयान नलिने भनाई प्रति मेरो गम्भीर आपत्ति छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन बैठकमा ललिता निवास जग्गा प्रकरणबारे छलफल भई केही नेताहरूको बयान नलिने निर्णय भएकोमा गम्भीर आपत्ति जनाएका छन्। पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि बयान लिने तयारी भइरहँदा बयान नलिने विषयमा गठबन्धन दलका बैठकमा छलफल भएको सुनिएको थापाले बताए। सर्वोच्च अदालतले मन्त्रिपरिषदका नीतिगत निर्णयमाथि पनि अनुसन्धान गर्न आदेश […]

रसुवामा २ किलो सुन बरामद

प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले अनलाइनखबरलाई बताए । शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए । उनलाई त्यो सुन […]

विद्यार्थीले अस्ट्रेलिया आउँदा ध्यान दिनुपर्ने १० कुरा

भर्खरै बाह्र कक्षाको नतिजा प्रकासित भएको छ। यतिखेर पुतलीसडक, बागबजार, बानेश्वरका चोकहरूमा विद्यार्थीको ओहोरोदोहोरो झन् बाक्लिएको छ। अधिकांश युवाहरू उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया, क्यानडा, अमेरिका, यूके तथा अन्य देश जना इच्छुक भइरहेका छन्। फलतः एजुकेसन कन्सल्टेन्सीहरू विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिन भ्याइनभ्याइ भइरहेका अनुमान सजिलै लगाउन सकिन्छ। अस्ट्रेलियाको मेरो दशकको अनुभवले लेख्दै छु विद्यार्थीहरू विदेश पढ्न जाँदा धेरै कुराको […]