एमाले कार्यक्रममा अब ओलीको मात्रै फो’टो

नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन २९ गतेको सचिवालय बैठकले गरेको उक्त निर्णयबारे अन्तरपार्टी निर्देशन (सर्कुलर) जारी गरिने सो पार्टीका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । पार्टीका कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टीका कमिटी तथा जनसङ्गठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा […]

दुलाल र भण्डारीमाथि फेरि अनुसन्धान हुने भएपछि: प्रहरी सरूवा गर्न प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब

हिरासतमा रहेका भुटानी शरणार्थी प्रकरणका दुई प्रमुख योजनाकार केशव दुलाल र सानु भण्डारीमाथि फेरि बयान लिने र अनुसन्धान सुरू हुने भएपछि यस प्रकरणमा काम गरिरहेका प्रमुख प्रहरी अधिकृतहरू फेरबदल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दबाब दिएका छन्। सभापति देउवाले केही दिनअघि प्रधानमन्त्री प्रचण्डलाई भेटेर काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी श्याम ज्ञवाली […]

फेसबुक आईडी ह्याक गरी साढे १४ लाख ठ’गी

विभिन्न व्यक्तिहरूको फेसबुक ह्याक गरी लाखौँ रुपैयाँ ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले फेसबुक आईडी ह्याक गरेर नजिकका व्यक्तिहरूसँग पैसा उठाएर ठगी गर्ने ५ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा घर भएका सीमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन गुरुङ तथा कास्की घर भएकी सुब्बु […]

ससुराले बुहारी कुटेपछि….

बर्दियामा बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ। बारबर्दिया नगरपालिका–११ विजयनगरकी २५ वर्षीया प्रमिला थारूलाई उनका ससुरा ५३ वर्षीय भर्थरी चौधरीले कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय बासगढीका प्रमुख प्रहरी निरीक्षक सुधिर खड्काले सामाजिक सञ्जालमा बुहारीमाथि ससुराले घरबाट निकाल्दै सडकसम्म कुटपिट गरेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि घटना अनुसन्धानका […]

सन्दीप लामिछानेविरूद्ध बलात्कार मुद्दामा अदालतको आदेश: ‘पीडितकी आमाको जन्ममिति यकिन गर्नू’ .

जिल्ला अदालत काठमाडौंले बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले जानकारी दिए। ‘आजदेखि निरन्तर सुनुवाई गर्ने भनिएको थियो। तर पीडितको उमेर सम्बन्धी कागजातमा उनकी आमाकै उमेर दुईवटा देखिएपछि इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश […]

भोलि सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भोलि शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले भोलि शुक्रबार सार्वजनिक बिदा दिएको जनाएको छ । सुदूरपश्चिम प्रदेशमा भदौ १ गतेका दिन ओल्के पर्व मनाइँदै आएको छ । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदूरपश्चिमका पही जिल्लामा ओल्के पर्व मनाउने चलन छ। ओल्को भन्नाले ‘उपहार’ वा […]

प्रदेशमा अनुशासन आयोग प्रमुख, स्नातक उत्तीर्ण भएको हुनुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ वटै प्रदेशमा अनुशासन आयोग त्यहाँ रहने पदाधिकारी र सदस्यहरू माग गरेको छ। पार्टीको विधान, सिद्धान्त, दर्शन, प्रतिवद्धता र उद्देश्य बमोजिमका कार्यहरूमा हुनसक्ने अवरोध, विसंगति तथा आर्थिक अनियमितता निर्मुल पार्न तथा पार्टी सदस्य र विभिन्न तहगत संरचनामा रहेका पदाधिकारीहरूलाई अनुशासित, मर्यादित बनाउन भन्दै ७ वटै प्रदेश र जिल्ला समितिमासमेत अनुशासन आयोग […]

पूँजीबजारमा आए यी नयाँ नियम

प्राइभेट लिमिटेड कम्पनी पब्लिकमा रुपान्तरण हुनासाथ धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पाउने भएका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गर्दै पुँजीबजारमा केही नयाँ प्रावधानहरू लागू गर्न स्वीकृति दिएको छ । धितोपत्र बोर्डले प्रस्ताव गरेअनुरुप जस्ताको त्यस्तै नियमावली संशोधन भएको एक मन्त्रीले अनलाइनबखरलाई जानकारी दिए […]

विरोधाभाषबिच थमौती प्रयास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निक्कै हताश भएको संकेत दिएका छ्न् । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग उनले गरेको भनिएको संवादका क्रममा बाहिर आएका कुराहरूलाई नियाल्दा त्यस्तो निष्कर्ष निस्किन्छ । उनको ‘भावुक’ हुने स्वाभाविक बानी त छँदै थियो, यसपटक त साँच्चिकै भावुक भएको प्रदर्शन गर्न चाहेको पनि देखियो । यसक्रममा अत्यन्तै विवादास्पद हुनसक्ने तर गम्भीर अर्थ राख्ने […]

शरणार्थी प्रकरण अनु’सन्धान गर्ने प्रहरी अधिकारीलाई हटाउन दबाब

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने दुई वरिष्ठ प्रहरी अधिकृतको सरुवा गर्ने तयारी थालेको छ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दबाबपछि सरकारले प्रहरीका महत्वपूर्ण कार्यालयको नेतृत्व फेरबदल गर्ने तयारी गरेको हो । सरकारले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख […]