सिम्रिक एयरले प्राधिकरणलाई बुझायो ४३ लाख

सिम्रिक एयरले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ४३ लाख रुपैयाँ बक्यौता बुझाएको छ। पटक पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेको र आर्थिक संकटमा परेको भन्दै प्राधिकरणले शुक्रबारदेखि अनिश्चितकालका लागि सिम्रिकको उडान रोकेको थियो। उडानमा रोक लगाएपछि सिम्रिकले आर्थिक वर्ष २०७९/०८० को ४३ लाख बक्यौता शुक्रबार बुझाएको प्राधिकरणले जनाएको छ। रोकेको उडान खुलाउने विषयमा भने […]

आत्तिएका यादव र नडगमगिएका प्रचण्ड

सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ । न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह […]

व्यापारी अडुकियाका पुत्र रोहनलाई सी आई बीले जिम्मा लिएन

करिब एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका रोहन अडुकियालाई केन्द्रीय अनुसन्धान ब्युरोले फिर्ता पठाएको छ । शुक्रबार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरीसहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । पक्राउ परेका रोहन व्यापारी राकेश अडुकियाका पुत्र हुन् । प्रहरीले साउन १० मा राकेशको घरमा छापा मारेको थियो । यद्यपि राकेशले रातोपाटीसँग […]

सांसद शर्माले भने- ‘गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन्। जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न आदेश दिएपछि सिआईबीको हिरासतमा रहेका सांसद शर्मा शुक्रबार साँझ थुनामुक्त भएका हुन्। थुनामुक्त भएपछि सांसद शर्माले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। उनले तत्काल राजीनामा नदिए सरकार ढल्ने चेतावनीसमेत दिएका हुन्। ‘गृहमन्त्री तुरुन्त हट्नुपर्छ। उहाँ हट्नुभएन भने सरकार ढल्छ,’ उनले भने। सुन तस्करी […]

सिके राउत नेतृत्वको ‘जनमत पार्टी’ आइतबार सरकारमा सहभागी हुने

सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो। ‘राष्ट्रपति कार्यालयमा नाम पुगिसकेको छ, मन्त्रालय भने टुंगो लागेको छैन,’ स्रोतले भन्यो। गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी […]