छानबिन गर्न ओलीले सरकारलाई दिए चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर कराइरहेको, वाइडबडी, […]

शिक्षकको तलबदेखि सेवासुविधा सम्बन्धि विवरण स्वीकृत

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबदेखि सेवासुविधासम्बन्धी विवरण स्वीकृत गरेको छ । मन्त्रीस्तरीय निर्णयले आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम कार्यान्वयन पुस्तिका स्वीकृत गरेको हो । सो पुस्तिका शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको छ । पुस्तिकामा स्थायी शिक्षक, अस्थायी तथा करार शिक्षक, अनुदान कोटामा कार्यरत शिक्षक, साविक उच्चमावि तहको […]

सँगै गएका साथीलाई फर्काएर त्रिपुराकोटतिर गएका थिए सम्पर्कविहीन

डोल्पाका नेपाली सेनाका गुल्मपति विमल खतिवडा अझै सम्पर्कविहीन नै छन्। डोल्पा सदरमुकामस्थित नन्दबक्सका गुल्मपति उनी दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएका थिए। त्यसपछि सम्पर्कविहीन रहेको डिएसपी बुढाथोकीले जानकारी दिए। ‘उहाँ हिजो अपराह्न ब्यारेकबाट निस्कनुभएको रहेछ। […]

शिक्षा शाखा प्रमुखले फिर्ता लिए उपमेयर विरूद्धको उजुरी

रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका शिक्षा शाखा प्रमुखले उपमेयर विमलकुमार पुनविरूद्ध दिएको उजुरी फिर्ता लिएका छन्। शिक्षा शाखा प्रमुख नरेन्द्र वली स्वयं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफूहरूका बीचमा कुरा मिलेको र सहमति भएको भन्दै उजुरी फिर्ता लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराइले  बताए। गत शनिबार बिहान ११ बजेतिर उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख वलीलाई परीक्षाको विषयलाई लिएर […]

‘म कृषकको छोरी, त्यही भएर कृषि समितिमा उठें’ : आरजू राणा

नेपाली कांग्रेस नेतृ डा.आरजू राणा देउवाले आफू कृषकको छोरी भएकाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएको बताएकी छन् । आइतबार उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के-के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’ उनले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई […]

नो भोटको व्यवस्था, विदेशबाट समानुपातिकमा मतदान

निर्वाचन आयोगले निर्वाचनको स्वच्छता र पारदर्शिताका लागि कानुनमा नै निर्वाचनको मिति तोक्नुपर्ने धारणा सार्वजनिक गरेको छ । त्यस्तै विदेशमा हुनेले पनि मत दिन पाउने र कोही पनि उम्मेदवारलाई मत दिन्न भन्ने व्यवस्था पनि कानुनमा राख्ने प्रस्ताव गरेको छ । सोमबार काठमाडौंमा निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत विधेयकको मस्यौदाबारे जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिदेखि […]

सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं : प्रधानन्यायाधीश श्रेष्ठ

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका छन् । सोमवार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताएका हुन् । उनले अदालतका सबै काम, कारबाहीहरुलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ […]

एसिया कप खेल्न तयार छु: सन्दीप

एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् । लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए । सन्दीप गएसँगै नेपाली टिम पूर्ण हुने उनको विश्वास छ । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले […]