सीसी क्यामेराले पुष्टि गर्‍यो प्रहरीको संलग्नता १० जनामाथि अनुसन्धान सुरु: संखुवासभामा कैदी मृत्यु प्रकरण

संखुवासभा जिल्ला कारागार खाँदबारीमा सुरक्षा घेराभित्र दुई जना कैदीको मृत्यु भएको घटनामा प्रहरी मुछिएको छ। घटनाको प्रारम्भिक अनुसन्धानबाट मृत्यु हुनुअघि कैदीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको हो। कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको प्रत्यक्ष संलग्नता यकिन भएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। प्रहरीले निरन्तर दिएको यातना र गरेको कुटपिटका कारण कैदीको मृत्यु भएको भन्दै […]

सांसद सुनिल शर्मा पक्राउ प्रति कांग्रेसको धारणा यस्तो

सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले निवासबाटै पक्राउ गरेको विषयमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकमा छलफल भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकमा सांसद शर्मा पक्राउ भएकोबारे कुराकानी भएको थियो। बैठकपछि प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मालाई पक्राउ गरेको विषय जानकारीमा रहेको बताए। तर […]

‘उजुरी आए ‘सिस्ने हिमाल’ लाई झुटो मुद्दा लगाउनेलाई कारबाही हुन्छ : प्रहरी प्रवक्ता

आफू बोलिरहँदा भिडिओ खिचेको निहुँमा भनाभन भएपछि दुई सेवाग्राहीलाई ११ दिन थुनेर अभद्र व्यवहारमा झुटो मुद्दा चलाएका प्रहरी कर्मचारीलाई कारबाही हुन सक्ने प्रहरी प्रवक्ता कुवेर कडायतले बताएका छन्। बिहीबार सेतोपाटीसँग कुरा गर्दै उनले झुटो मुद्दा लगाइएको भन्दै पीडितले उजुरी दिएमा सम्बन्धित कर्मचारीलाई कारबाही हुने बताएका हुन्। ‘प्रहरीले झुटा विवरणका दिएर प्रतिवेदन बनाउन पाइँदैन। झुटा मुद्दा चलाइयो भन्ने सम्बन्धित मान्छेबाट […]

‘मन्त्रीको रिपोर्ट कार्ड : एक तीर दुई निशाना ‘

बिहीबार कार्यसम्पादन सम्झौता गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको मासिक ‘रिपोर्ट कार्ड’ बनाउने घोषणा गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सबै मन्त्री र सचिवहरु उपस्थित कार्यक्रममा उनले यदि रिपोर्ट कार्ड राम्रो नदेखिएमा फेरबदलसमेत गर्न सक्ने चेतावनी पनि दिए । प्रचण्डले २१ जना मन्त्रीसँग गरेको कार्यसम्पादन सम्झौतामा मन्त्रालयहरुले आर्थिक वर्ष २०८०/८१ मा गर्नुपर्ने प्रमुख काम र […]

त्रिवि शिक्षण अस्पतालका डाक्टर पनि पक्राउ

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक डाक्टर पनि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो । शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा उनलाई पक्राउ गरिएको ब्युरोको भनाइ छ । यही प्रकरणमा सांसद सुनील शर्मालगायत अन्य तीन जना पनि पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर […]

अप्रेशन ‘फोक्सट्रोट चार्ली’ मा परे सांसद सुनील शर्मा

नक्कली सर्टिफिकेट प्रकरणमा पक्राउ परेको सांसद डा सुनील शर्मासहितका अभियुक्तहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा राखिएको छ । प्रहरीले अप्रेशन ‘फोक्सट्रोट चार्ली’ नाम दिएको यो प्रकरणमा शर्मासहित चार जनालाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । यद्यपि अप्रेशनका क्रममा थप केही व्यक्ति पक्राउ गरिएको बताइएपनि औपचारिक रुपमा जानकारी गराइएको छैन । […]

कहिलेदेखि खुल्छ अपि पावरको ४० प्रतिशत हकप्रद सेयर ?

अपी पावर कम्पनीले ३१ साउनदेखि ४०प्रतिशत  हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले १ः०.४ प्रतिशत अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद […]

शिक्षा विधेयकविरूद्ध विरोध प्रदर्शन

शिक्षा विधेयकविरूद्ध निजी विद्यालय सञ्चालकले विरोध प्रदर्शन गरेका छन्। शिक्षा विधेयकमा कम्पनीअन्तर्गत रहेका विद्यालयहरू ५ वर्षभित्र गुठीअन्तर्गत सञ्चालन गर्नुपर्ने र त्यस्ता विद्यालय गैरनाफामूलक हुने उल्लेख छ। यो व्यवस्थामा निजी विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्। सरकारले २०५८ सालमा शैक्षिक प्रतिष्ठानबाट चलिरहेका विद्यालयलाई कम्पनी, गुठी वा सहकारीमध्ये एक प्रावधानमा रहने गरी रोज्न भनेको थियो। त्यसबेला निजी विद्यालय कम्पनीमा […]