अपरेसनमा त्रुटि हुँदा बिरामीको मृत्यु भएको अस्पतालको स्वीकारोक्ति

धनगढीको स्वस्तिक अस्पतालले बिरामीको मृत्यु हुनुमा गल्ती भएको स्वीकार गर्दै आफन्तलाई क्षतिपूर्ति दिनेसहित डाक्टरलाई कारबाही गर्ने तीन बुँदे सहमति गरेको छ। अपरेसन गर्दा त्रुटि हुँदा सोमबार सो अस्पतालमा उपचारका लागि आएका कञ्चनपुरका एक पुरूषको मृत्यु भएपछि अस्पतालले आफन्तसित तीन बुँदे सहमति गरेको हो। शनिबार बिहान कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको उपचार गराउन धनगढी आएका थिए। शल्यक्रिया गराउनका […]

६० किलो सुन प्रकरण : सीआईबीका एसएसपी आचार्यलाई हङकङ पठाउने तयारी

६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक प्रहरी उच्च अधिकृतलाई हङकङ पठाउने भएको छ । हङकङ हुँदै नेपालमा सुन आएकाले त्यहाँबाट सुन पठाउने गिरोहबारे सूचना संकलनका लागि सीआईबीका एसएसपी दिनेश आचार्य त्यहाँ पठाइन लागेका स्रोतले बताएको छ । सीआईबीले सुन प्रकरणको अनुसन्धानमा सहयोग गर्न इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) […]

मदिरा बिक्रीमा रोक लगाउन माग

उपभोक्ता हकहित र अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरूले मदिराजन्य पदार्थको खुला रूपमा भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेका छन्। मदिराले नेपाली समाजलाई प्रत्यक्ष असर पु-याएको भन्दै खुला बिक्रीवितरणमा रोक लगाउन माग गरेका हुन्। मदिराको विज्ञापनमा समेत रोक लगाउन आग्रह गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले मदिराकै कारण नेपाली समाज विसङ्गतितिर उन्मुख भइरहेको आरोप लगाएका छन्। उपभोक्ता […]

एमसीसीमा व्याख्यात्मक टिप्पणी अस्वीकार गरेको भए भन्नुस्, देशभन्दा सत्ता ठूलो होइन: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अमेरिकाले एमसस्सीमा १२ बुँदे व्याख्यात्मक टिप्पणी अस्वीकार गरेको भए जनतालाई भन्न आग्रह गरेका छन् । समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यथास्थितिमा पास नहुने अवस्था आएपछि १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित आफूहरुलाई संसदबाट पारित गर्नुपर्ने बाध्यता आइलागेको बताए । त्यसबारे उनको भनाइ जस्ताको तस्तैः एसीसीका कुराहरु पनि […]

६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छः लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बताएका छन्। सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन्। ‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘ती […]

शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात सच्याउने अवधि ५ वर्ष कायम

गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ सरकारले पारित गरेको छ। शैक्षिक प्रमाण पत्रमा उमेर, नाम र जात नमिल्दा तथा त्यसलाई सच्याउने प्रावधान झन्झटिलो र सीमित अवधिको हुँदा खासगरी विद्यार्थीहरू मर्कामा परेका थिए। अब प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि छ महिनाको सट्टा पाँच […]

सरकारी निकायलाई जथाभावी सफ्टवेयर बनाउन रोक

सरकारले  सरकारी निकायमा सफ्टवेयरहरुको अनावश्यक निर्माणलाई रोक लगाएको छ । विभिन्न बहानामा सफ्टवेयरहरु निर्माण गर्दा अनावश्यक खर्च भइरहेको निष्कर्ष निकाल्दै गत ५ भदौमा बसेको सचिवहरुको बैठकले जथाभावी सफ्टवेयर निर्माण गर्न नदिने निर्णय गरेको हो । मुख्यसचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले प्रयोगमा नआएका सफ्टवेयर हटाउने निर्णय पनि गरेको छ । ‘प्रयोगमा आइरहेका सफ्टवेयरबीच […]

यसकारण लाग्छ थकाइ

थकान महसुस हुनु प्राकृतिक प्रक्रिया नै हो । यात्रा गर्दा, उकालोओरालो गर्दा, कुनै काम गरेपछि थकाइ लाग्नु सामान्य हो । शरीर एउटा मेसिन जस्तै हो, जुन निरन्तर चलिरहन सक्दैन । शरीरले पनि समय-समयमा बिश्राम खोज्छ । केही समयको विश्रामपछि शरीर पुन: फूर्तिलो हुन्छ । थकान कामको चापले मात्र होइन, स्वास्थ्य समस्याका कारण पनि हुन सक्छ । […]

भी’आई’पी आवासमा जोड, सेवा दिने ‘कम्प्लेक्स’ बनाउन बेवास्ता

संघीय सरकारले भैंसेपाटीस्थित सैंबु आवास क्षेत्रको २७ रोपनी सरकारी जमिनमा मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई ८५ करोड भन्दा बढीको लागतमा आवासीय भवन बनाएर आइतबार हस्तान्तरण गर्‍यो । भैंसेपाटीमै मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षका लागि २७ वटा भवन तयार हुँदैछ । करिब डेढ अर्ब लागतका यी भवनहरुले १२५ रोपनी सरकारी जमिन ओगट्दैछन् । गत वर्ष मात्रै करिब […]

२ करोडको सिमा बढाउन र रिक्स वेटेज घटाउने सम्वन्धमा राष्ट्र बैंकमा छलफल शुरु

बाह्र अर्थतन्त्रका सूचक बलियो अवस्थामा रहनु तथा आन्तरिक अर्थतन्त्रमा सुधार हुँदै गएसँगै सरकार तथा नेपाल राष्ट्र बैंक बजार चलाउन लचक बन्दै गएको छ । बजार चलायमान गराउन सरकार तथा नियामकीय निकायहरुले लचक नीतिहरु अघि बढाउन थालेका छन् । समग्र बजार मै माग घट्दै गएको र यसले वित्तिय व्यवस्थापन मै असर देखिन थालेकाले लचक कदमहरु अघि बढाइएको […]