कांग्रेस-माओवादीबीच दूरी बढाउँदैछन्

पोहोर चैत १७ मा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी भएसँगै कांग्रेस नेता तथा कार्यकर्तामा उत्साह थियो । गठबन्धन टुटेपछि निराशामा पुगेका नेता कार्यकर्तालाई कांग्रेस सत्तारोहण हुँदा खुसी छाउनु स्वभाविक पनि थियो । एमालेलाई प्रचण्डले छाडेपछि पुरानो गठबन्धन ब्यूँतिएको र कांग्रेस सरकारमा पुगेको कारणले पार्टीपंक्तिमा व्याप्त खुसी पाँच महिना पुग्दा उस्तै देखिँदैन ।विगतमा चुनावअघि माओवादीसँग गठबन्धन […]

ललिता निवास प्रकरणका २ आरोपी रिहा

ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो । उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको अदालतले […]

कक्षा १२ को नतिजा : अंग्रेजी विषयमा किन देखियो कमजोर.. ?

कक्षा १२ मा अङ्ग्रेजी विषयमा सबैभन्दा कमजोर नतिजा देखियो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार सबैभन्दा बढी अङ्ग्रेजी विषयमा फेल भएको देखियो ।  नन ग्रेडेड (एनजी) आएका विद्यार्थीहरूमध्ये सबैभन्दा बढी अङ्ग्रेजी विषयमा रहेका छन् । अंग्रेजीमा मात्रै १ लाख ९ हजार ५२७ विद्यार्थीको एनजी आएको छ । यो एनजी आउने विद्यार्थीको ५९.८७ प्रतिशत र […]

संसदमा एमाले : ‘बलियो हुँदा विघटन, कमजोर हुँदा अवरोध’

साउन २८ गते आइतबार नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नुभयो । त्यसको दुई दिन अगाडि उहाँले देश पाकिस्तानको बाटोमा गएको टिप्पणी गर्नुभएको थियो । त्यसबाट पनि एक कदम अगाडि बढेर एमालेले संघीय संसदका दुवै सदन विगत केही हप्तादेखि निरन्तर ‘कब्जा’ गरिरहेको छ । यी […]

श्रीमतीको ह’त्या गर्ने श्रीमान सार्वजनिक

तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ  हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमार श्रेष्ठलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ । गत साउन १४ गते आफ्नै श्रीमती रेसिकाको हत्या गरि फरार राजकुमारलाई झापाको काँकडभिट्टा स्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो । घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि […]

ताप्लेजुङमा छोरा’द्वारा आमाको ह’त्या

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन् । मैवाखोला गाउँपालिका ५ फाकुम्बाका ३३ वर्षीय छोरा डिल्ली कुमार लिम्बुले ६३ वर्षीय आमा धनमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए  । उनका अनुसार छोराले सोमबार बिहान करिब साढे १० बजे धारिलो हतियार बाम्फोक प्रहार हत्या गरेका हुन् । प्रहरी […]

संघीय निजामती ऐन साताभित्रै सदनमा दर्ता हुन्छ

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती ऐन एक साताभित्रै सदनमा दर्ता हुने जानकारी दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनले निजामती विधेयक चालु अधिवेशनमै सदनमा दर्ता भई छलफल अघि बढ्ने बताए । ‘विधेयक छिट्टै सदनमा दर्ता हुन्छ, पहिलेको तुलनामा धेरै उन्नत, समृद्ध र वैज्ञानिक बनाउन कोसिस गरिएको छ,’ उपप्रधानमन्त्री […]

पुष्पा टण्डन मृ’त्यु प्रकरणमा ४ जना प’क्राउ

रुपन्देही तिलोत्तमाकी ३६ वर्षीया पुष्पा टण्डनको मृत्युको अनुसन्धानकालागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । घटनाको पाँचौं दिन प्रहरीले पुष्पाका छिमेकी रञ्जित भुसाल र उनकी पत्नी लक्ष्मी पोखरेल भुसालसहित चार जनालाई पक्राउ गरेको हो । पुष्पाका आफन्तले उनीहरुविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक […]

६० किलो सुन प्रकरणमा चार पक्राउ

६० किलो सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति राजधानीका विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् । सुन तस्करी […]

प्रधानमन्त्रीद्वारा अनौपचारिक क्षेत्रका श्रमिकलागि यस्तो योजनाको औपचारिक घोषणा

सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ । उक्त कार्यक्रम आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक घोषणा गरेका हुन् । प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ल्यापटपमा स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत मंसिर […]