बालिकाको शव नग्न अवस्थामा भेटियो, २ जना नियन्त्रणमा

धनुषामा २४ घण्टादेखि हराइरहेकी एक बालिका मृत अवस्थामा फेला परेकी छन् । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेको छ । बिहीबार बेलुका ७ बजे शव फेला परेको प्रहरी उपरीक्षक मित्रबन्धु […]

सोती घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २४ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित कर्तव्य ज्यान र जातीय छुवाछूतको मुद्दामाथि रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको सजाय सुनाएको हो । आइतबारदेखि उक्त मुद्दामा […]

दाजुभाइ मृत फेला

दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी […]

आफैंले कन्यादान गरेको छोरीज्वाइँले अन्माए अम्बिकालाई

गर्मीले मधेसको माटो धपक्कै बलेको थियो। देहातका मानिस गर्मी छल्न शीतल सियाँलको खोजीमा थिए। आँखाले भ्याएजत्ति सम्म देखिने फाँट र डगरहरूमा सियाँल ताप्ने ठाउँ कहाँ हुनु! खेतबारीमा मकै हलक्क बढेका थिए। गर्मीले धापिएकाहरू तिनै मकैका बोटमुनि सियाँल तापेर धुपबाट जोगिने भगीरथ कोसिस गर्थे। गर्मीले जसरी तराईको माटो बलेको थियो, त्योभन्दा कम थिएन, चुनावी धुप। सिंगै देश […]

जुवाखालबाट पूर्वजर्नेलसहित ८ जना पक्राउ

जिल्ला प्रहरी परिसर, ललितपुरले जुवाखालमा छापा मारेर नेपाली सेनाका एक जना पूर्वउपरथीसहित ८ जनालाई पक्राउ गरेको छ । मंगलबार प्रहरीले चलाएको विशेष अपरेशनमा पूर्वउच्च सैनिक अधिकृतसहित ललितपुरका केही व्यवसायीहरु पक्राउ परेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । अनुसन्धान अधिकृतहरुका अनुसार, ती पूर्वउपरथीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए । पहिले घरमै खेलाउने गरेको […]

५ किशोरी वेपत्ता

महोत्तरीबाट पाँचजना किशोरी वेपत्ता भएका छन् । महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा सम्पर्कविहीन भएका हुन् । गत मंगलबार दिउँसो साढे ११ बजेदेखि उनीहरु एकैसाथ घरबाट निस्केको तर फर्केर नआएको जानकारी आएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी […]

श्रीमतीको हत्या गरेर भारत भागेका श्रीमान् ५ महिनापछि पक्राउ

काठमाडौंमा एक जना महिलाको हत्या भएको खुलेको छ। घटना गत जेठकै भए पनि अहिले उक्त घटना बाहिरिएको छ। प्रहरीले कात्तिक ५ गते दिउँसो ३ बजे शंखरापुर नगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय लालु विकलाई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ माकलबारीबाट पक्राउ गरेको हो। २८ वर्षीया श्रीमती गोपी विकको हत्या गरेको आरोपमा बौद्ध प्रहरीले उनलाई पक्राउ […]

तारा बराललाई नयाँ झड्का, कागज कानुनी नभएको भन्दै बिहे नगर्ने पूर्वएआईजी चन्दको घोषणा

प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्दले अभियन्ताका नाममा विवादमा आएकी तारा बरालसँग बिहे नगर्ने घोषणा गरेका छन्। मिडियामा सार्वजनिक भएको कागज कानुनी नभएको भन्दै उनले आफ्नो बिहे गर्ने योजना नरहेको बताएका छन्। योसँगै विवादीत अभियन्ता बराललाई अर्को झड्का लागेको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना पनि नरहेको बताएका छन् । केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको ठोकुवा गरेका छन्। चन्दको यो घोषणासँगै बराल अत्तालिएकी छन्। उनले चन्दको पोस्टमा कमेन्ट गर्दै विभिन्न प्रश्न गरेकी छन्। बरालले लेखेकी छन्,‘अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेकोभए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएको होइन?’ बरालले अगाडि लेखेकी छन्,‘वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २–३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन?’ चेतावनीयुक्त कमेन्ट लेख्दै बरालले अगाडि भनेकी छन्,‘मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेका हैन? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सर? हजुरको इज्जत […]

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

एक समूहले सार्वजनिक जग्गा कब्जा गर्न बनाएको संरचनामा अर्को समूहको चल्यो डोजर

स्थानीयवासीले संरक्षण गरेको सार्वजनिक जमिनमा बनेका मन्दिर, प्रतीक्षालय लगायतका संरचनामा अर्को एउटा समूहले डोजर चलाएको छ। बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित रंगशाला मार्गसँग जोडिएको चौरालीपथको १८ धुर सार्वजनिक जग्गा र त्यहाँको संरचनामा डोजर चलेपछि देवीनगरका बासिन्दा विरोधमा उत्रिएका छन्। चौरालीपथमा रहेको नक्सा नं ९ क कित्ता नं ४६८६ को साढे चार धुर जग्गामा नापीको मूल नक्सा र […]