भारतले नेपाली गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटायो”

भारतले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले नेपालबाट गोलभेंडा आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएकी हुन् । बिहीबार भारतको संसदमा सम्बोधन गर्दै उनले नेपालबाट गोलभेंडा आयातको प्रक्रिया थालिएको बताएकी थिइन् । नेपाली गोलभेंडा आयातमा लगाइएको प्रतिबन्ध फुकुवाबारे अर्थमन्त्री सितारमणले संसदमा जानकारी गराएको कुरा द इकोनोमिक्स टाइम्सले लेखेको छ […]

देउवाले पेल्न थालेको निचोडसहित ‘गगन-शेखर’ खुसामद

शेखर कोइराला र गगन थापाबीच कांग्रेस महाधिवेशनयता झाँगिएको सम्बन्ध पार्टी संसदीय दल चुनावमा बिग्रेको अड्कलबाजी हुँदै आएको थियो । दुवै नेता निकटहरुले पनि सन्देह र गुनासो महसुस हुने टिप्पणीहरु यस बीचमा गर्दै रहे । शेखर पछिल्ला दिनमा देउवा निकट हुँदै गएको गगन पक्षको सन्देह, अनि गगनलाई सधैं एकोहोरो सहयोग गर्न नसकिने शेखरको सन्देशबीच संवाद सिलसिला […]

‘वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति’

प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा प्रस्तावित विषयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ। मस्यौदामा समेटिएको वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विषयमा महासंघले आपत्ति जनाएको हो। उनीहरूले मस्यौदामा विभिन्न विषय संशोधन गर्न समेत माग गरेका छन्। महासंघका अध्यक्ष गुणराज मोक्तानले २८ हजार सामुदायिक विद्यालयको नेतृत्व वडाअधक्ष्यहरूको हातमा दिनु नहुने बताए। महासंघले ५ […]

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित

निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित भएको छ। शुक्रबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता भएको थियो। वार्ताको क्रममा आन्दोलनरत पक्षले प्रस्तुत गरेका विषयमा तत्काल सम्बोधन गर्न सरकारले प्रतिवद्धता व्यक्त गरेसँगै आन्दोलन स्थगित गरिएको उनीहरूले बताएका छन्। वार्तामा सरकारको तर्फबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, शिक्षासचिव सुरेश अधिकारी, कानुनसचिव उदयराज […]

अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश

काठमाडौं जिल्ला अदालतले सांसद डा. सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश धनपति शर्माको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । नक्कली प्रमाण पत्रका आधारमा डाक्टर बनेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले ५ र ७ दिनको म्याद दिएको सीआईबीका एसपी नवराज अधिकारीले […]

यि ३ कम्पनीले पाए सेबोनबाट ब्रोकर लाइसेन्स

थप ३ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका छन् । सेबोनको साउन २४ गते, बुधबार बसेको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो । नयाँ लाइसेन्स पाउनेमा  जे.बि.एन.एल. सेक्युरिटिज लि. बानेश्वर, काठमाडौं, आर.वि.वि. सेक्युरिटीज कम्पनी, दरबारमार्ग, काठमाण्डौ र सि.वि.आई.एल. सेक्यूरिटिज लि. कुपण्डोल, ललितपुर रहेका छन् । यी ३ वटै […]

प्रस्तावित विद्यालय ‘शिक्षा ऐन’ विरुद्ध शिक्षक महासंघको आन्दोलनको घोषणा

शिक्षक महासंघले शिक्षकहरुको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्ट जनाउँदै आन्दोलन घोषणा कार्यक्रममा शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले विद्यालय शिक्षा विधेयक नसच्याएरै संसदमा लगेको अवस्थामा अनिश्चितकालीन विद्यालय बन्द गरी आन्दोलन गर्ने बताइन् । आन्दोलन कार्यक्रमको घोषणा पश्चात पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष तुलाधरले भनिन्, ‘सकेसम्म विद्यालय […]

वैशाखदेखि ‘सुर्तीजन्य पदार्थ’ प्लास्टिकका खोलमा प्याकिङ र बिक्री गर्न नपाइने’

सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने भएको छ । सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ । सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित […]

यसकारण फस्छन् श्रमिक, भन्सार तिरी ल्याउन पाउने सुन पनि पर्छ जफतमा

भन्सार ऐनअनुसार विदेशबाट आउने यात्रुले २०० ग्रामसम्म सुन ल्याउन सक्ने व्यवस्था गरिएको छ। महिलाको हकमा ५० र पुरूषको हकमा २५ ग्रामसम्म सुन भन्सार महसुल नतिरी ल्याउन पाइन्छ भने त्योभन्दा बढी दुई सय ग्रामसम्मको सुनमा भन्सार महसुल तिर्नुपर्ने हुन्छ। गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी […]

सुनिल शर्माको पक्राउ अनुचित :कांग्रेस सांसदको एक स्वर

सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले डा. सुनिल शर्माको पक्राउ अनुचित भएको बताएका छन् । सांसदहरुलाई गम्भीरतापूवर्क सुनेका नेताहरुले भने आइतबार यसबारे पार्टीको धारणा बनाउने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्रबारे छानबिनका लागि बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलका बैठकमा बोल्ने अधिकांश सांसदहरुले शर्मालाई […]