शिक्षकको एकल प्रयासमा नमुना बन्यो बालविकास केन्द्र

बालविकास शिक्षक निर्मला वलीको एकल प्रयासमा रुकुमपश्चिमस्थित एक बालविकास केन्द्र जिल्लाकै नमुना बनेको छ। त्रिवेणी गाउँपालिका-६ मा रहेको जनचेतना आधारभूत विद्यालयको बालविकास कक्षा निर्मलाको एकल प्रयासमा नमुना बनेको हो। इच्छाशक्ति, तालिम र सबैको सहयोगमा नमुना बालविकास केन्द्र बनाउन सफल भएको निर्मलाले बताइन्। उनले भनिन, ‘सुरुमा तालिम लिएँ। तालिमबाट बालबालिकालाई कसरी सिकाउनुपर्ने रहेछ त्यो थाहा भयो। […]

विद्यालय शिक्षा स्थानीय सरकार मातहत : संविधान बनाउँदाका ती पाँच सोच

सदनमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि विधेयक पढिसके पछि म अलिक निराश भएको छु । शिक्षकहरुको जारी संघर्ष बाँकी नै रहँदा यो विषय कसरी उठान गर्ने होला भन्ने लागेको छ । किन भने शिक्षा कसलाई चाहिएको हो ? शिक्षा देशलाई नै चाहिएको हो की प्रदेशलाई चाहिएको हो की, स्थानीय तहलाई चाहिएको हो कि अभिभावकलाई चाहिएको […]

एसईईमा हरेक विषयमा कम्तीमा २७ नम्बर ल्याउनु पर्ने

यस वर्षको एसइईमा हरेक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा २७ नम्बर ल्याउनै पर्ने नयाँ नियम लागु हुदैछ । प्रयोगात्मक नभएको विषयमा भने ३५ नम्बर ल्याउनै पर्ने हुन्छ । यो नियम अघिल्लो वर्ष लागु हुने भनिए पनि विरोध भएपछि रोकिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षदेखि भने सैद्धान्तिक (लिखित) मै ३५ प्रतिशत […]

शिक्षा विधेयकमा अभिभावकलाई वेवास्ता

अभिभावक संघ, संगठन र महासंघले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा अभिभावकलाई वेवास्था गरेको आरोप लगाएका छन् । विधेयकमा शिक्षक महासंघलाई महत्व दिएजस्तै अभिभावक महासंघ शिक्षाको हरेक संयन्त्रमा समेट्ने गरी कानुनमै व्यवस्था गरिदिन संघ, संगठन र महासंघका प्रतिनिधिहरुको आग्रह छ । विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले […]

‘ शिक्षामन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । सम्बन्धन खारेज गरेर देखाऊ’

काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्माले एक जना विद्यार्थी निलम्बनको विषयमा शिक्षामन्त्रीले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै कानुनी बाटो खोज्ने चुनौती दिएका छन् । ‘मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेसका सांसद समेत रहेका शर्माले भने,‘शिक्षा मन्त्रीको चिठ्ठीले […]

‘शिक्षकलाई जस्तै आन्तरिक प्रतिष्पर्धाबाट स्थायी गरियोस्’

राष्ट्रिय परीक्षा बोर्डका अस्थायी, करार र ज्यालादारी कर्मचारीले शिक्षकलाई जस्तै एक पटकलाई आन्तरिक प्रतिष्पर्धाबाट स्थायी हुने व्यवस्था नयाँ कानुनमा राखिदिन आग्रह गरेका छन् । विद्यालय शिक्षा विधेयक माथि प्रतिनिधि सभा अन्र्तगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । नयाँ बन्ने कानुनमा करार र अस्थायी शिक्षकलाई सरकारले एक पटकलाई […]

डा. विशद दाहालको निलम्बन फिर्ता गर्न शिक्षामन्त्रीको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले काठमाडौं मेडिकल कलेजका विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता लिन निर्देशन दिएका छन् । काठमाडौं विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री राईले उपकुलपतिलाई पत्र लेखेर डा. दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार पार्न निर्देशन दिएका हुन् । स्वास्थ्य शिविरका नाममा आवासीय चिकित्सकमाथि अमानवीय व्यवहार भएको […]

सांसदहरुलाई निजी विद्यालय सञ्चालकको प्रश्न : माननीयको छोराछोरी कहाँ पढ्छन्?

निजी विद्यालय सञ्चालकहरुले सांसद र राज्य दुबै निजी लगानीका विद्यालय विरुद्धमा लागेको आरोप लगाएका छन् । विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आईतबार गरेको छलफलमा सहभागी हुँदै उनीहरुले यस्तो आरोप लगाएका हुन् । छलफलमा निजी विद्यालय सञ्चालकहरुको संस्था हिसानका अध्यक्ष रमेश सिलवालले सांसदका सन्तान कहाँ पढ्छन् ? भन्ने गम्भिर […]

आप्रवासी विद्यार्थीलाई अस्ट्रेलियामा कडाइ

दुई साताअघि अस्ट्रेलियन सरकारले आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निर्णय गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ। उच्च अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीको पढाइ र काम गराइमा तालमेल नभएका कयैन् प्रमाण फेला परेपछि सरकारले उनीहरूको तथ्यांक खोतल्न थालेको थियो। सोही कारण केही नेपाली विद्यार्थीहरूको प्रवेशाज्ञा रद्द भएको र […]

माध्यमिक तहका शिक्षक विज्ञापन खुल्यो, विभिन्न विषयमा झण्डै साढे चार सयको विज्ञापन

शिक्षक सेवा आयोगले माध्यमिक तहको शिक्षकको विज्ञापन खोलेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको सामुदायिक विद्यालयको माध्यमिक तहको रिक्त दरबन्दीमा आयोगले विज्ञापन गरेको हो । चार सय ३५ जना मावि शिक्षकको रिक्त दरबन्दी केन्द्रले आयोगलाई बुझाएको थियो । सोही अनुसार विज्ञापन गरेको भए पनि अन्तिम रुजु गरेर यकिन संख्या तय गर्ने […]