सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो। परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको […]

प्रमुख जिल्ला अधिकारी रिजाल पाँच वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर

सेवाग्राहीलाई धम्क्याएर घुस लिएको आरोप लागेका उपसचिव खगेन्द्र रिजाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले रिजाजलाई पाँचवटा अभियोगमा दोषी ठहर गरेको हो । रिजाल अख्तियारमा सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजालले सेवाग्राहीहरुसँग धम्क्याएर पैसा असुलेका थिए । २० माघ २०७६ मा अख्तियारले रिजालमाथि भ्रष्टाचार मुद्दा दायर […]

कर्मचारीलाई प्रधानमन्त्रीले दिए यस्तो निर्देशन..

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक महत्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशित दिएका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाडौं उपत्यकामा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। ‘सार्वजनिक महत्वका विषयको दीर्घकालीन अर्थ हुन्छ,त्यस्ता विषयमा हाम्रो सबैभन्दा बढी […]

‘संसद विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो’ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन नगरी नहुने स्थिति आएको बताएका छन् । मंगलबार नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरे । प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, जनवर्गीय संगठनहरुको […]

‘महराका बारेमा प्रहरीले आज-भोलिमै निर्णय गर्छ’: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९ किलो सुन तस्करीमा मुछिएका  नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराबारे प्रहरीले आज-भोलि निर्णय गर्ने बताएका छन्। मंगलबार बालुवाटारमा सम्पादकहरूसँग कुराकानी गर्दै मावओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सुन तस्करीमा संलग्न जोसुकैलाई पनि कारबाही गर्ने कुरामा आफू स्पष्ट रहेको बताए। ‘मैले महराजीलाई पनि बोलाएर यो प्रकरणमा तपाईंको कुरा के […]

उड्न लागेको जहाजमा समस्या देखिएपछि ल्याइयो पार्किङमा

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार अपराह्न उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ। जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट पार्किङस्थलमा ल्याइएको छ। विमानस्थलका प्रवक्ता सुवास झाले जहाजको ब्रेकमा समस्या देखिएको सेतोपाटीलाई बताए। ‘रनवेमा पुगेपछि जहाजको ब्रेकमा समस्या देखियो,’ उनले भने, ‘जहाजलाई पार्किङस्थलमा ल्याइएको छ।’ जहाजमा १७९ जना यात्रु थिए। ‘विमानको प्राविधिक परीक्षण हुन्छ, त्यसपछि यात्रुहरू यही विमानमा […]

फेरि घट्यो तौल : सुन तस्करी प्रकरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन राष्ट्र बैंकले गालेको छ । गालेपछिको सुनको कुल वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको राष्ट्र बैंकका एक अधिकृतले रातोपाटीलाई बताए । साउन ३ मा राजस्वले सुन बरामद गरेर गाल्न र तौल लिने प्रयोजनका लागि राष्ट्र बैंकको टक्सार महाशाखालाई जिम्मा लगाएको थियो । राष्ट्र बैङ्कले केन्द्रीय […]

महिलामा थाइराइड भए सन्तान जन्माउन सक्दैनन् …?

नि:सन्तानपनको एक कारण थाइराइड पनि हो । तर यसो भन्दैमा थाइराइड भएका महिलामा गर्भ बस्दैन वा सन्तान जन्माउनै सक्दैनन् भन्ने होइन । थाइराइड भएमा जीवनभर निःसन्तान हुन्छ भन्ने धारणा पनि समाजमा देखिन्छ । थाइराइड भएमा गर्भमा बच्चा बस्न केही हदसम्म गाह्रो हुन सक्छ । यद्यपि समयमा उपचार गरेमा निको हुन्छ । बच्चा जन्माउन सकिन्छ । […]

सुन तस्करी प्रकरणमा थप ३ जना प’क्राउ

सुन तस्करी प्रकरणमा थप ३ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक झाओ हुई, जोङ छ्याङ र ताङ जिङ रहेका स्रोतले जानकारी दियो । चीन जान लागेका उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो सीआईबीले पक्राउ गरेको हो । योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ । राजस्व अनुसन्धान विभागले […]

सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : महरा

पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन् । दाङमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेको बताएका हुन् । सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका  लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु । […]