अख्तियार र सीआईबीमा माधव नेपालको बयान बाझियो

ललिता निवास जग्गा अनियमिततामा जोडिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दिएको बयान र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा गरेको कागज आपसमा बाझिएको छ । २०६६ चैत २९, २०६७ वैशाख ३१ र साउन २८ गते मन्त्रिपरिषद बैठकले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तारका लागि नीतिगत निर्णय गरेको थियो । सो निर्णयका कारण ललिता निवास जग्गा […]

श्रीमतीको नाममा जग्गा लिने पूर्वनिर्वाचन आयुक्तलाई सरकारी वकिलको उन्मुक्ति

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका अवकाश प्राप्त सहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई प्रतिवादी नबनाउने निर्णय भएको छ । ६२ दिन हिरासतमा राखेर अनुसन्धान भएपनि मुद्दा चलाउने बेला सरकारी वकिलको कार्यालय, काठमाडौंले उनलाई प्रतिवादी नबनाउने निर्णय गरेको हो । सरकारी वकिल महेश खत्रीले शाहलाई प्रतिवादी नबनाइ मुद्दा लगिएको पुष्टि गरेका छन् । सीआईबीको अनुसन्धानमा […]

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार, प्रधानमन्त्रीले गरे हस्तान्तरण

काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै प्रधानमन्त्री प्रचण्डले प्रदेश […]

पेस्तोलसहित २८ वर्षीय युवक प;क्राउ

पेस्तोलसहित काठमाडौंबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठ छन्। उनलाई बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटबाट शुक्रबार राति ८ बजे ‘मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड ९ एमएम गोली र एकथाना म्यागजिनसहित पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध […]

सन्दीपविरुद्धको ब’लात्कार मुद्दामा आज पनि सुनुवाइ भएन

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाले आइतबार पनि पालो पाएन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले ५ औं नम्बरमा भएको मुद्दामा हेर्न नभ्याइने भनी आदेश गरेको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ । सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका […]

७५ नम्बर ब्रोकर मेगा स्टक मार्केट्सको भव्य उद्घाटन, भाद १० गतेबाट कारोबार गर्ने

मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवसरमा पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि विधिवत समुद्घाटन समारोह मिति २०८० भाद ८ गते सु–सम्पन्न गरेको […]

‘टाउको चिरफार नगरी मस्तिष्कघातको उपचार नेपालमै सम्भव छ’

मस्तिष्कघात अर्थात् स्ट्रोक भयो भने अब टाउको चिरफार नगरी नेपालमै उपचार सम्भव रहेको चिकित्सकहरूले जनाएका छन् । न्यूरो हस्पिटल बाँसबारीका कन्सल्ट्यान्ट न्यूरो इन्टरभेन्टिस डा सुवास फुयालका अनुसार  मस्तिष्कघात हुँदा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गरी जीवनभर हुने (प्यारालाइसिल)बाट जोगिन सकिन्छ । मस्तिष्कघात हुँदा टाउको चिरफार नगरी तारको माध्यमबाट उपचार गर्न सकिन्छ । नेपालमा पहिलो पटक ‘बाइ […]

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर […]

उपमेयरले कुटे शिक्षा शाखा प्रमुख

रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्। उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेको पीडितले प्रहरीमा उजुरी दिएका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार शिक्षा शाखा अधिकृत वलीले उपमेयर पुनले कुटपिट गरेको भन्दै जिल्ला […]