प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए । बिहीबार सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ […]
सुनसरीको इटहरी उपमहानगरपालिका-२, वसन्त टोलकी ४४ वर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या गरिएको छ। बुधबार बेलुका क्वाटी खान माइत जान्छु भनेर घरबाट हिँडेकी उनको हिजो राति हत्या गरिएको अवस्थामा शव भेटिएको छ। रामेछाप घर भई धरान-१७ ससुरालीमा बस्ने टेकबहादुर दर्जीले यसोदाको हत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले बताए। उनले यसोदाको हत्यामा सम्लग्न दर्जीलाइ पक्राउ […]
हालै चीनले प्रकाशन गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतको देखाएर चीनले आफ्नो देशको नक्सा प्रकाशन गरेपछि काठमाडौँ महानगर प्रमुख बालेनले ५ दिने चीन भ्रमण रद्ध गरेका छन् । बिहिबार सामाजिक सञ्जालबाट उनले यसअघिदेखि नै तय भएको चीन भ्रमण नैतिकताका आधारमा रद्ध गरेको बताएका छन् । मेयर बालेनले फेसबुकमा लेखेका छन्– ‘हामी नेपालले […]
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट बिजुली लिएर अर्बौं रुपैयाँ […]
मेष : यो महिना मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नसक्छ । सामाजिक काममा रुचि बढ्नेछ । प्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्छ । अरूलाई प्रभावित पारेर काम […]
वैदेशिक रोजगारीमा कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा सर्लाही घर भई काठमाडौँको मित्रनगर बस्ने २९ वर्षीया सरस्वती अधिकारी रहेकी छन् । अधिकारीले लोकराज भण्डारीलाई कतारमा आकर्षक तलब हुन्छ, रोजगारीमा पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम लिई सम्पर्कविहीन बनेको प्रहरीको भनाई छ । वैदेशिक रोजगार विभागबाट काठमाडौँ उपत्यका अपराध […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामुहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका छन् । भदौ १२ गते विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामुहिक रुपमा पत्र पठाएका हुन् । ६० किलो सुन भन्सार छलेर जाँचपास भएको भन्ने घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धान र छानबिनको बहानामा आफूहरुलाई बिना कारण […]
एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। बुधबार भएको उद्घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्यो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो। नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन […]
सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश दिएको छ । महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो । तर, बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अधिवक्ता कमल […]
एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरूवाती दश ओभरको पावर प्लेमा उत्कृष्ट खेल देखाएको छ। पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो। नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ […]