अलैंचीको भाउ तेब्बर बढ्यो

अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।  ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भनिन्, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य हुने भयो ।’ गतवर्षभन्दा […]

टेरामक्समा पूर्वमन्त्री बास्कोटा पनि : २५ मागेकोमा ७० करोड स्वीकृत

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रक्रियामा तत्कालीन सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाको समेत संलग्नता भेटिएको छ । अनलाइनखबरलाई प्राप्त कागजात र विवरण केलाउँदा तत्कालीन मन्त्री बास्कोटाले टेरामक्स प्रविधि खरिदकै लागि ७० करोड रुपैयाँ छुट्याउने गरी बजेट स्वीकृत गरेको भेटिएको हो । प्राधिकरणको उच्च स्रोतबाट प्राप्त कागजात अनुसार, ७ कात्तिक, २०७५ मा बास्कोटाले मन्त्रीस्तरीय […]

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मूल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ । नयाँ मूल्यअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, […]

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा मागेपछि विराटनगर महानगरले माग्यो पोल भाडा र सम्पत्ति कर

विराटनगर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणले एक–अर्कालाई भुक्तानी तिर्न ताकेता गरेका छन् । विद्युत महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले महानगरपालिकाको तीन वटा वडाका सडक बत्तीको लाइन काटेको थियो । लगत्तै पत्र लेखेर महानगरपालिकाले सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको हो । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका अनुसार महानगरपालिकाले सडक बत्तीको […]

यस्तो  आईपीओ ६ महिनासम्म बेच्न नपाउने

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो । ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि छुट्टयाउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को […]

जग्गा किनबेच गर्न स्टक मार्केट जस्तै ‘ल्यान्ड मार्केट’

सहरी क्षेत्रमा घरजग्गा व्यवसाय कसरी व्यवस्थित गर्ने — सरकार र सरोकारवालालाई यो चुनौती बढिरहेको छ। नेपालमा कारोबारमा सबभन्दा बढी नाफा हुने र छिटो मूल्य बढ्ने क्षेत्रका रूपमा घरजग्गा क्षेत्र स्थापित भएको छ। तर घरजग्गा कारोबार व्यवस्थित हुन नसक्दा यो कारोबारमा सहभागी सबैले हैरानी पाएका छन्। अहिले घरजग्गा कारोबारमा सहभागी हुने खरिदकर्ता, बिक्रीकर्ता, ब्रोकर वा सरकार कोही पनि खुसी छैनन्। […]

कम मूल्यका दुई नेकेड स्पोर्टस् मोटरसाइकल, कुनमा कस्ता फिचर ?

बजाज र टीभीएस अहिले राम्रा प्रतिस्पर्धी हुन् । दुबै ब्राण्डले कम मूल्यमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् । टीभीएसले १६० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले अपाचे RTR 160 4v को स्पेशल एडिशन नेपाल ल्याउन लागेको हो । बजाज पल्सर N160 एक वर्षअघि नै नेपाल आएको हो । नयाँ जेनेरेशन […]

अर्बौंको कारोबार गर्ने कम्पनीलाई सेयर बजारमा ल्याउने योजना अलपत्र

गत आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारले एक अर्ब रूपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले सेयर जारी गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख गर्‍यो। यसले सेयर बजारलाई आशावादी बनाएको थियो। बजारमा लगानी विविधीकरणको उपकरण पाइने आशा लगानीकर्तामा थियो। ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब […]

डेढ अर्ब नोक्सान हुने गरी टेरामक्सको ठेक्का….

नेपाल दुरसञ्चार प्राधिकरणले प्रचलित कानूनको उल्लंघन हुने गरी मिलेमतो गरी टेरामक्स प्रणाली खरिद गरेको भेटिएको छ । महँगोमा टेरामक्स प्रणाली खरिदको निर्णय गर्दा राज्यकोषमा कम्तिमा पनि डेढ अर्ब हाराहारीको नोक्सानी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म गरेको अनुसन्धान अनुसार, टेलिफोन कल नियमन अनि शंकास्पद कलको व्यवस्थापन प्रणाली -टेरामक्स) को टेण्डरकै क्रममा गडबड र […]

चेक बाउन्स मुद्दामा मिलापत्रको प्रस्ताव

अब चेक बाउन्स मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागिएको छ । आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा (चेक बाउन्स) कसुरमा हुने कारबाही सम्बन्धमा लचिलो व्यवस्था गर्न सरकारले उक्त मुद्दामा पनि मिलापत्रको व्यवस्था गर्न लागेको हो । आइतबार संघीय संसद्को प्रतिनिधिसभामा पेस भएको ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, ०८० मा उक्त व्यवस्था प्रस्ताव गरिएको […]