विप्लवविरुद्ध पक्राउ पुर्जी बारे दलका नेताहरूको धारणा यस्तो..

सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरूविरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसले ठूलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ । काठमाडौँ जिल्ला अदालतमा विप्लवसहितका नेताहरूविरूद्ध २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो । अदालतको मङ्सिर १० गतेको आदेश अनुसार ३५ दिने पुर्जी जारी भएपछि राजनीतिक तरङ्ग निम्तिएको […]

रवि लामिछाने मलेसियामा, फर्केपछि कतार र बेलायत जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मलेसिया भ्रमणमा गएका छन् । शनिबार साँझ मलेसिया गएका उनी २९ मंसिरमा नेपाल फर्किने छन् । आइतबार मलेसियामा केही कार्यक्रममा सरिक भएका सभापति लामिछाने नेपालीहरुसँग अन्तर्क्रिया र भेघाटमा छन् । सामाजिक सञ्जालबाट आफू मलेसियामा रहेको जानकारी गराउँदै लामिछानेले लेखेका छन्, ‘मलेसिया, कतार र बेलायतमा रहनुभएका नेपाली दाजुभाइ, […]

कोशीमा कांग्रेस र एमालेलाई मध्यावधिको डर

आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्‍यो । संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ असोजमा राम रानालाई मन्त्री […]

कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्रीको शपथ

केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् […]

हेरौ नेपाली दलहरूको भाइचारा….

दुई प्रमुख राजनीतिक दलले दसैंलगत्तै आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदानले नेपाली राजनीतिको एउटा यस्तो संस्कार झल्काउँछ, जुन दक्षिण एसियाका राजनीतिक दलहरूमा विरलै पाइन्छ। त्यो संस्कार हो — आपसी भाइचारा, सद्भाव र सौहार्दताको। पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग राजनीतिक कुराकानी गर्ने रणनीतिक अवसरका रूपमा चियापान संस्कृतिको थालनी गरेका […]

माओवादी बैठकमा ज्ञानेन्द्र शाहको चर्चा, भएपछी प्रचण्ड …..?

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बसेको पदाधिकारी बैठकमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता सम्बन्धमा निकै चिन्ता व्यक्त गरिएको पाइएको छ । मुलुकको पछिल्लो राजनीति समीक्षा गर्न र विशेष रूपान्तरण अभियानको म्याद थप्न उनले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अनौपचारिक पदाधिकारी बैठक बोलाएका थिए । बैठकमा करिब १० मिनेट बोलेका प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो […]

कांग्रेसभित्र मेलमिलाप छैन भन्ने कुरा सत्य होइनः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी भित्र मेलमिलाप छैन भन्ने कुरा सत्य नभएको बताएका छन्। दसैं, तिहार लगायत चाडपर्वको अवसर पारेर शनिबार पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्। सभापति देउवाले पार्टी भित्रै कुनै समस्या भए तत्काल समाधान गर्ने समेत बताए। […]

पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाऊ: लिङ्देनको चुनौती :

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् । बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त […]

प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिए संसदीय व्यवस्था चल्न गाह्रो : डा. शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिँदा संसदीय व्यवस्था नै चल्न गह्रो हुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले सांसदले बहुमत जुटाएर सरकार गठन गर्ने संविधानको व्यवस्था नै दोषपूर्ण रहेको बताए । संविधानमा एकल, बहुमत र त्यो नभए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने […]

ओलीले भने- कोशीमा मध्यावधि रोक्न कांग्रेस विद्रोहलाई समर्थन गर्‍यौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताएका छन । प्युठानको बिजुवारमा नेकपा एमाले प्युठानद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यावधिमा जाँदा देशले ठूलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले कांग्रेस बिद्रोहलाई समर्थन गरेको बताए । आफूहरु जोसुकैलाई समर्थन गरेर भए पनि कोशीलाई […]