बालगृह चलाएर बालिकाहरुमाथि यौ’न दुर्व्यवहार

मनाङका सोनाम घ्याम्चे घले (लामा धुन्डुप)ले गरिब, असहाय र अभिभावकविहीन बालबालिकालाई पालनपोषण र शिक्षदीक्षा दिलाउने भनेर काठमाडौंको स्वयम्भूमा ‘स्नो मन्जुश्री स्कुल’ नामक बालगृह सञ्चालन गरेका थिए । देशका विभिन्न भागबाट त्यस्ता अनाथ र सहयोगापेक्षी बालबालिका जम्मा गरेर ल्याए । उनीहरुको शिक्षादीक्षाका लागि भन्दै नेपाली तथा विदेशी दाताहरुसँग रकम पनि उठाए । तर, असहायलाई शिक्षा दिलाउने […]

बैंकको लकरमा गो’ली लुकाउने ल्यारक्याललाई शान्ति क्षेत्रको नेतृत्व

३० फागुन २०७२ मा नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालयको लकरमा १४ थान गोली फेला पर्‍यो । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने क्रममा एक अभियुक्तको लकर खोलिएको थियो । लकरमा सुनचाँदीजस्ता बहुमूल्य धातु नभई पेस्तोलका गोली राख्ने व्यक्ति कोही नभएर संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री ल्यारक्याल लामा थिए ।तिनै लामालाई प्रधानमन्त्री पुष्पकमल […]

सर्वोच्चको आदेशबारे माधव नेपालको प्रतिक्रिया : ‘यस्तो थाहा पाएको भए प्रक्रिया नै अघि बढाउने थिइनँ’

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशबारे आफूलाई धेरै कुरा थाहा नभएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले आइतबार ललिता निवास प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्ले गरेको चारवटा निर्णयमा संलग्नहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश गरेपछि नेता नेपालले यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वोच्चका […]

रकम लुटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष पुर्पक्षका लागि कारागार चलान

रकम लुटेको आरोपमा पक्राउ परेका सुर्खेतको वीरेन्द्रनगर-३ का वडाध्यक्ष विनोदसिंह विष्टसहित तीन जनालाई कारागार चलान गरिएको छ। आइतबार जिल्ला न्यायाधीश मनोज श्रेष्ठको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। विष्टसँगै सोही मुद्दामा पक्राउ परेका सुशील गुरूङ भनिने प्रेम गुरूङ र बलिराज शाहीलाई पनि कारागार चलान गरिएको छ। उक्त मुद्दामा पक्राउ परेका […]

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराममाथि पनि अनु’सन्धान गर्न बाटो खुल्यो

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो ।आदेशमा भनिएको छ, ‘२०६६ चैत २९ र २०६७ वैशाख ३१, […]

हरेक वडाका प्रत्येक घरमा पुग्न कार्यकर्तालाई दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रले तीन महिने रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने भएको छ।  केन्द्रले भदौ १६ गतेदेखि तीन महिनासम्म विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने भएको हो। गत मंसिरमा भएको निर्वाचनमा  तेस्रो पोजिसनमा खुम्चिएको माओवादी केन्द्रले संगठन विस्तार गर्न रुपान्तरण अभियान सञ्चालन गर्न लागेको हो। केन्द्रीय कमिटीको बैठकको समापन समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रत्येक वडाका […]

‘संघीय शिक्षा ऐन परिमार्जन गरेर मात्रै पास गर्न गाउँपालिका महासंघको अनुरोध’

गाउँपालिका राष्ट्रिय महासंघले संघीय शिक्षा ऐनको विधेयक परिमार्जन गरेर मात्रै पास गर्न सांसदहरुसँग आग्रह गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने विधयेक २०८० मा राखिएका केही प्रावधानहरु संघीयतालाई चुनौती दिने र स्थानीय सरकारको एकल अधिकारमा समेत हस्तक्षेप हुने प्रकारको पाइएकोले उक्त विधेयकलाई परिमार्जनसहित पारित गर्न महासंघले सांसदहरुसँग आग्रह गरेका हुन् । गत […]

राजश्व अनुसन्धान विभागको सुन तस्करीको मुद्धा र पक्राउ परेका आरोपित प्रहरीलाई बुझाउने निर्णय

राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए ।४६ […]

झलनाथको वैचारिक विमतिः ‘जबज कालातीत भइसक्यो अब वैज्ञानिक समाजवाद’

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद उपादेयताविहीन रहेको निष्कर्ष निकालेका छन्। शनिबारदेखि जारी स्थायी कमिटी बैठकमा १६ पाने भिन्न दृष्टिकोण राख्दै उनले जबजलाई कालातीत भइसकेको संज्ञा दिएका हुन्। असार २९ देखि साउनको ५ गतेसम्म चलेको सचिवालय बैठकले भने जबजको सान्दर्भिकता रहेको निष्कर्ष निकालेको थियो। त्यसविपरीत खनालको धारणा आएको हो। ‘बहुदलीय जनवाद भनेको […]

कामदार भिसामा नेपाल आए ३ हजार ६६२ विदेशी

एक वर्षको अवधिमा कामदार भिसामा साढे तीन हजार विदेशी नागरिक नेपाल आएका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा सो संख्यामा विदेशी नागरिक नेपालमा कामको खोजीमा औपचारिक माध्यमबाट नेपाल आएका हुन् ।विभागका अनुसार यो सूचीमा नेपालको छिमेकी मुलुक भारतबाट आएर काम गर्ने वा व्यापार–व्यवसाय गर्नेको तथ्यांक छैन । नेपालमा अघिल्लो आवको […]