‘सुन काण्डमा महरा दोषी प्रमाणित भए सरकारले कारबाही गर्छ’ : माओवादी प्रवक्ता

माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन् । प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले दोषी प्रमाणित भए कसैलाई पनि नछाड्ने स्पष्ट पारेका हुन् । महराको विषयमा बहिर मिडियामा पनि धेरै समाचार आएका छन् । सुन प्रकरणमा […]

यस कारण गर्यो २ मेनपावर कम्पनीको लाइसेन्स खारेज

पीडितलाई क्षतिपूर्ति नदिने २ वटा मेनपावर व्यवसायीको इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाउने श्रमिकलाई ठगी गर्दै क्षतिपूर्ति नदिने दुई वटा मेनपावर कम्पनीको लाइसेन्स खारेज गरेको हो । विभागका महानिर्देशक मदन दाहालले पीडितलाई क्षतिपूर्ति नदिने डि स्क्वायर र डिलक्स एचआर मेनपावरको इजाजतपत्र नै रुद्ध गरिएको जानकारी दिए । दुवै […]

‘उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’: वामदेव

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउँदा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्। नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका गौतमले बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै अहिले सिआइबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने बताएका हुन्। ‘उच्चस्तरीय छानबिन समिति बनाउनेबित्तिकै त्यसको कार्यादेश, कार्यक्षेत्र हुन्छ, कहाँसम्म प्रवेश गर्ने? त्यो प्रधानमन्त्रीसम्म प्रवेश गर्छ, अर्थमन्त्रीमा पनि प्रवेश गर्छ, गृहमन्त्रीसम्म पनि […]

अख्तियारबाट खोसिएको अनुचित कार्य सतर्कता केन्द्रलाई

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खोसिएको ‘अनुचित कार्य’ हेर्ने जिम्मा राष्ट्रिय सतर्कता केन्द्रलाई दिने गरी नयाँ कानुन बनाउने तयारी गरेको छ । अधिकारसम्पन्न सतर्कता केन्द्रसम्बन्धी नयाँ ऐन नै तर्जुमा गर्न नेपाल कानुन सेवा आयोगले मस्यौदा बनाउन थालेको छ । हाल सरकारी कर्मचारीको सम्पत्ति विवरण संकलन र छड्के जाँच जस्ता सामान्य काम गरेर बसिरहेको सतर्कता केन्द्रलाई […]

अब विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख दिइने

वैदेशिक राेजगार बाेर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा […]

दमकमा फेरिए प्रशासकीय अधिकृत, विवादमा परेका निरौला अतिरिक्त समूहमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई अतिरिक्त समूहमा राखेको छ। निवासमा महिलासँग टिकटक लाइभमा आएको भन्दै निरौला विवादमा परेका थिए। निवासको रङसमेत परिवर्तन गरेको आरोप उनीमाथि छ। निरौलाको ठाउँमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाइएको मन्त्रालयले जनाएको छ। गणेश कार्कीलाई दमकको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हो। दमकका मेयर रामकुमार […]

फेरि किन चाहियो शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय ?

प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । संविधानमा भएको व्यवस्था बमोजिम माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । सोही आधारमा ऐनको मस्यौदामा समेत शिक्षकको नियुक्तिदेखि लिएर स्थानीय भाषाको पाठ्यक्रम लागु गर्नेसम्मको अधिकार स्थानीय तहलाई छ । यति हुँदा हुँदै ऐनको मस्यौदामा यी सबै काममा संघीय सरकारको उपस्थिति पनि […]

प्रधानाध्यापक छनोट गर्ने अधिकार जिल्लामा फर्काउने तयारी

सरकारले संसदमा पेस गर्न लागेको विद्यालय शिक्षासम्बन्धी विधेयकले प्रधानाध्यापकको नियुक्ति जिल्ला शिक्षा कार्यालयमा फर्काउने व्यवस्था गरेको छ । विधेयकमा भनिएको छ, ‘विद्यालय प्रधानाध्यापक छनोटको लागि जिल्ला शिक्षा कार्यालयको प्रमुखको अध्यक्षतामा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत वा शिक्षा शाखा प्रमुख र जिल्ला शिक्षा कार्यालयले तोकेको शिक्षाविद् रहेको तीन जना सदस्य छनोट समिति रहनेछ ।’ संविधानले […]

एम.सि.सी भदौबाट पूर्ण कार्यान्वयनमा

मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौताबमोजिम एमसीसी नेपाल कम्प्याक्ट आगामी भाद्रबाट पूर्णरुपमा लागू हुने भएको छ । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बीचको सम्झौताबमोजिम एमसीए नेपालले सम्झौतालाई कार्यान्वयनमा लान लागेको हो । अर्थमन्त्री महतलाई भेट्न राजदूत थम्सन सोमबार बिहान अर्थमन्त्रालयमा पुगेका हुन् । थम्पसनले गत बिहीबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए […]

तीन दिन विद्यालय बन्द

गौशाला नगरपालिकाले आँखा पाक्ने रोगका कारण नगरमा सञ्चालित विद्यालयहरूमा पठनपाठनमा समस्या आएपछि विद्यालयहरूमा तीन दिन बिदा दिएको छ। नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगरका विद्यालयहरूमा यही साउन २४ गतेदेखि साउन २६ गतेसम्मका लागि बिदाको व्यवस्था गरिएको हो। शिक्षा शाखा अधिकृत वीर बहादुर बलम्पाकीका अनुसार अहिले नगरमा आँखा रोगको प्रकोप बढ्दै गएकाले पठनपाठन गर्न समस्या […]