विद्यालय व्यवस्थापन समिति विघटन नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई निर्वाध काम गर्न दिन अन्तरिम आदेश दिएको छ । महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो । तर, बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अधिवक्ता कमल […]

पहिलो पावरप्लेमा पाकिस्तानविरूद्ध नेपालको राम्रो प्रदर्शन

एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरूवाती दश ओभरको पावर प्लेमा उत्कृष्ट खेल देखाएको छ। पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो। नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ […]

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए . गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक […]

एम’सी’सीलाई लिएर समाजवादी मोर्चाभित्र विवाद

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयलाई लिएर सत्तारुढ दलहरू सहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद भएको छ । एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै बालुवाटारमा समाजवादी मोर्चाको बैठक बोलाएका थिए । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । […]

लाइसेन्स छपाइ बन्द

चितवन घर भई काठमाडौं बस्दै आएका मनोज चौधरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न दिएको एक वर्षभन्दा बढी भयो । वर्षमा चारचोटि जोरपाटीस्थित यातायात कार्यालय पुग्छन् तर अहिलेसम्म नवीकरण गरेको लाइसेन्स हात पर्न सकेको छैन । ‘राजस्व तिरेको रसिद मात्र कति बोकेर हिँड्नु, च्यातिने डर पनि उत्तिकै छ,’ उनले भने, ‘कर्मचारीले लाइसेन्स छापिएर आएको छैन भन्दै फर्काउँछन् । […]

सन्दीपको मुद्दाबाट पन्छिन न्यायाधीशको छलछाम, फैसला प्रभावित पार्न बाह्य गिरोहको ‘इन्तजाम’

क्रिकेटर सन्दीप लामिछाने हिजो एसिया कप क्रिकेट खेल्न पाकिस्तान उडे, तर विचाराधीन मुद्दाको बोझले थिचेको गह्रुंगो छाती लिएर । अदालतबाट सफाइ पाएर उच्च मनोबलका साथ भारत-पाकिस्तानसँग भिड्ने उनको चाहनामा तुषारापात भएको छ । हरेकपटक जब नेपाली क्रिकेट टीमको महत्वपूर्ण प्रतियोगिता हुन्छ, सन्दीपविरुद्ध एउटा संगठित गिरोहले चर्को स्यालहुइँया मच्चाउने गर्छ । अदालतमा मुद्दाको पेशी यस्तै बेला […]

नेपाल क्रिकेटका महारथीसँग भिड्दै

नेपालले क्रिकेटका महारथीहरूसँग बुधबारप्रत्यक्ष सामना गर्दै छ। छिमेकी भएर पनि नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशका क्रिकेट टोलीसँग स्पर्धा गर्ने भएको हो। पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिताको उद्घाटन खेलमा नै नेपाल र आयोजक पाकिस्तानको प्रतिस्पर्धा हुने छ। […]

पशुको पञ्जीकरण गर्ने योजना

 सरकारले हरेक पशुको विवरण राख्ने गरी पशु पञ्जीकरणको योजना अघि सारेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले सङ्घीय, प्रदेश र स्थानीय तहबिच समन्वय तथा सहकार्यमा पशुको पञ्जीकरणको योजना अघि सारेको जानकारी दिनुभयो। उहाँले पशु कल्याण विधेयक नै बनाएर पशुले पाउने आधारभूत अधिकारसँगै पशुको परिचयका लागि पञ्जीकरणको योजना अघि सारिएको बताउनुभयो। यो […]