यमनलाई हराउने नेपालको लक्ष्य

फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । समूह एच अन्तर्गतको यो खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्दैछ । मंगलबार बेलुकी ७ बजे सुरु हुने यो खेल नेपालको लागि अंकको खाता खोल्ने अवसर पनि हुनेछ । एसियाको वरीयतामा पछि रहेको नेपाल […]

फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका […]

गुल्सन झा : पर्फेक्ट अलराउण्डर

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो । फाइनलमा भने समूह चरणमा हराउन नसकेको ओमानसँगै पराजित हुन पुग्यो । प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए । मिडल ओभरमा कसिलो बलिङ […]

मूलपानी, चितवन र विराटनगरको रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाे छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएकाले सरकारले क्रिकेट रंगशाला निर्माणलाई प्राथमिकता दिएको मन्त्री […]

टी-२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै, नेपाललाई बदला लिने मौका

अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा […]

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको […]

नेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका

नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो । समूह ‘ए’ मा ओमान […]

निर्णायक खेलअघि ओमानले देखाएको नेपालको कमजोरी

आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलको अन्तिम ओभरमा नेपाललाई जितका लागि २६ रन चाहिएको थियो । नेपालसँग २ विकेट बाँकी थियो र स्ट्राइकमा थिए विवेक यादव, अर्को छेउमा करण केसी । एसोसिएट क्रिकेटकै अनुभवी र उत्कृष्ट बलर बिलाल खानको हातमा ओमानका अप्तान जिसन मक्सुदले  अन्तिम ओभर फाल्न बल थमाएका थिए । अघिल्ला […]

मलेसियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभर खेल्दै चार विकेटको क्षतिमा भेट्टाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर […]

मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका लागि सैयद अजिजले ६८, जुबादी जुल्किफ्लेले २४, सर्विन मुनियान्दे र विजय उन्नीले १३ रन जोडे । बलिङतर्फ नेपालका अविनाश बोहराले ४, रोहित पौडेल, […]