बम्जन आश्रमबाट बेपत्ता किशोरीका बुबाको दुर्घटनामा मृत्यु

आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख […]

राष्ट्रनिर्माताप्रति राष्ट्रपतिको सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै सम्मान व्यक्त गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सलामी दिएको थियो । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न […]

छानबिन आयोग बनाउन कुलमानको अवरोध थियो, प्रधानमन्त्रीले हस्तक्षेप गरे

मंगलवार अपराह्न मन्त्रीपरिषद् बैठक बस्नुअघि सम्म पनि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवादमा मन्त्रीपरिषद् प्रवेश नगर्नेमा ढुक्क थिए । प्रधानमन्त्रीले गत साता नै यस्तो आयोग गठन गर्ने तयारी गरे पनि कुलमानले नै त्यसलाई रोक्न लगाएका थिए । उनीमात्रै होइन, ऊर्जामन्त्री शक्ति बस्नेतलाई पनि मंगलवारकै मन्त्रीपरिषद् बैठकले न्यायिक आयोग बनाउला […]

रिहा भए लगत्तै उमाले भनिन् : सिक्किम सोचेजस्तो रहेनछ, जीन्दगीमा कहिल्यै फर्केर आउने छैन

सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा भएकी छिन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ की उमालाई सिक्किमको सरकारले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोपमा शनिबार पक्राउ गरेको थियो । फेसबुक लाइभ मार्फत उमाले आफू रिहा भएको बताएकी हुन् । उमाले आफूले विना कारण पक्राउ गरिएको भन्दै दुःख व्यक्त गरेकी छिन् । भनेकी छिन्, […]

बालकुमारीबाट पक्राउ परेका ७३ जनालाई छाड्ने निर्णय

ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई छाड्ने निर्णय गरिएको छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्ण भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ गरिएकाहरुलाई मद्धा नचलाउने निर्णय भएको छ ।’ मुद्धा […]

आज पुस १५ गते तपाईको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ […]

गैरकानूनी सम्पत्ति कमाएको आरोपमा सजाय गर्न माग

निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित उनकी पत्नी कल्पना उप्रेतीले सफाइ पाएको भन्दै अख्तियारले उनीहरुलाई कसुरदार ठहर गर्न माग गरेको छ । १८ जेठ, २०८० मा विशेष अदालतले […]

बारामा प्रिन्सिपलको हत्यामा संलग्न भनिएका भारतीय नागरिकलाई प्रहरीले गोली हानेर समात्यो

बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेका सिंह भारतको बिहार मोतीहारी जिल्लाको छोडादारका बासिन्दा […]

बालुवाटारमा शीर्ष नेताको बैठक, प्रधानमन्त्रीसँगै देउवा र ओली सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् । संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन नेताहरू छलफलमा जुटेका हुन् ।

‘एनसेल किन्नेहरुसँग मेरो मात्र होइन, देउवा र ओलीको पनि सम्बन्ध छ’: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको स्वामित्व खरिद गर्ने व्यापारीसँग शीर्ष नेताहरुको सम्बन्ध रहेको स्वीकार गरेका छन् । तर उनले शेयर खरिद–बिक्री प्रकरणमा अनुहार हेरेर निर्णय नगर्ने दाबी पनि गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न प्रधानमन्त्री र सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्मालाई बोलाएको थियो । समितिमा […]