नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाममा सिधा उडान गर्दै: भाडादर यस्तो छ..

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो। नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको थियो। उडान तालिकाअनुसार […]

शरणार्थी प्रकरण अघि बढाउने उपत्यका प्रहरी प्रमुख हटाइए

नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवाली सहितका एआईजीहरुलाई सरुवा गरेको हो ।ज्ञवालीलाई सरुवा गर्न सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले थप जाहेरी लिएर दोस्रो चरणको अनुसन्धान […]

सशस्त्र युद्धप्रति ओलीको अभिव्यक्ति घृणास्पद : भूसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी सशस्त्र विद्रोहप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घृणास्पद अभिव्यक्ति दिने गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा उनले ओलीले मिल्दा माओवादी सशस्त्र विद्रोहलाई महान् र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको आफूलाई चित्त नबुझेको बताए । खासगरी हाम्रो राजनीतिक […]

भन्सारबाटै निकालेर बेचिएका थिए सुनै सुनका ७३० भेप

अलि पुरानो एउटा सुन काण्ड अहिले नयाँ बनेर चर्चामा छ।  त्यो हो इलेक्ट्रिक सिगरेट अर्थात् भेपभित्र राखेर ल्याएको ९ किलोभन्दा बढी सुन।  त्यसभन्दा पछि ब्रेक सुमा ल्याएको सुन समातियो, टक्सार विभाग लगेर गालियो।  तर, भेपभित्र ल्याइएको भनिएको चर्चित काण्डको सुन कहाँ छ ? किन यसलाई पगालिएन ? प्रश्न जति जिज्ञासु छ, उत्तर उति रोचक।  आउनुहोस् […]

ललितानिवास प्रकरणमा मैले गैरकानूनी कार्य गरेको कसैले पुष्टि गर्न सक्दैन:भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले गैर कानुनी कार्य नगरेको र पुष्टि पनि गर्न नसक्ने बताएका छन् ।  सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले हाल सीआईबीले गरिरहेको छानबिनको क्रममा कसैले आफूसँग कुनै सोधपुछ  नगरेको र आफूले कसैसँग “उन्मुक्ति” को याचना नगरेको स्पष्ट गरेका छन् । मेरो लामो सार्वजनिक जीवनमा आजसम्म कुनै नैतिक दाग […]

एमालेका दुई केन्द्रीय सदस्य पदमुक्त, चार जनाले लिए बिदा

नेकपा (एमाले) ले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टी दुई केन्द्रीय सदस्य पदमुक्त भएको र चार जनाले बिदा लिएको बताएको छ। एमालेले पार्टी सचिवालयको निर्णय लागु गर्न मातहतका कमिटीमा पठाइएको अपानिमा काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी केशव स्थापित र सिराहका प्रमोदनारायण यादवले केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग हुन चाहेकाले पदमुक्त गरेको बताएको छ। केही दिनअघि कुराकानी गर्दै स्थापितले […]