कांग्रेस नेता भण्डारी बर्न’ सेन्टरबाट डिस्चार्ज

नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । ‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ,’ उनले भने, ‘विस्तारै विस्तारै उनको स्वास्थ्यमा सुधार हुन्छ ।’ डा नकर्मीले […]

विद्या भण्डारीलाई ओलीको सन्देश यस्तो..

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपछि अर्को निर्णय र अभिव्यक्ति मार्फत निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन सन्देश दिइरहेका छन् । फागुन २०७९ मा शीतलनिवासबाट बिदा भएकी भण्डारीले राजनीतिमा आउन सक्ने संकेतहरु दिइरहेकी छन् । त्यसलाई मलजल गर्दै एमाले नेताहरुले भण्डारीलाई पार्टीको भावी अध्यक्ष बनाउनुपर्ने भन्दै लबिइङ गर्न थालेपछि ओलीले चर्को आक्रोश पोखेका […]

पूर्व’मन्त्री खाँणमाथि अख्तियारले समेत थाल्यो छानबिन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो । केही दिनअघि उहाँहरु दुवैजनालाई बोलाएर सम्पत्तिसम्बन्धी फारम भराउनुका साथै केही सोधपुछ गरेर छाडेका हौं’ […]

एक युवकले आफ्नै लिङ्ग काटे

आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैलियोस् भनेर लिंग काटेको बताएका हुन् । बुधबार राति लिंग काटेका उनी […]

प्यानिक अट्याक भइरह्यो, तर १२ पास गरिछाडें : गौशाला २६ भन्छिन्

कक्षा १२ को पढाइ सुरु हुनेबित्तिकै ‘गौशाला २६’ (गोप्य नाम)को जीवनमा नसोचेको आपत आइलागेको थियो । उनले १२ कक्षाको पढाइ थालेको १० दिनमात्रै भएको थियो । क्रिकेटर सन्दीप लामिछानेसँगको घटनाले उनलाई वास्तविक नामबाट गोप्य नाममा बदलिन बाध्य बनायो ।परिवारभित्रका अनेक झमेला, बा–आमाको चरम बेमेलबीच गौशालालाई अचानक आइपरेको यो अन्यायविरुद्धको लडाइँ लड्दालड्दै कक्षा १२ को पढाइ […]

थप ५ कम्पनीले पाए सेयर ब्रोकर लाइसेन्स

नेपाल धितोपत्र बोर्डले थप कम्पनीलाई ५ सेयर ब्रोकर लाइसेन्स दिएको छ । ३२ साउनमा बसेको बोर्ड सञ्चालक समितिको बैठकले ३ वटालाई सीमित कार्य गर्न र २ वटालाई पूर्ण कारोबार गर्ने गरी ब्रोकरको अनुमति दिएको हो । पूर्ण कारोबार गर्ने अनुमति पाउनेमा हिमालयन सेक्युरिटिज लिमिटेड सुन्धारा र सनी सेक्युरिटिज कम्पनी लिमिटेड नक्शाल छन् ।यसैगरी सजिलो ब्रोकर […]

एउटा टिकटक भिडिओ’ले निशालाई बनायो व्यवसायी, गर्छिन् दिनमै ३० हजारको कारोबार

जाने खातैखात नजाने सत्यनाश भन्ने उखान सामाजिक सञ्जाल फेसबुक र टिकटकको प्रयोगमा ठ्याक्कै मेल खाँदो रहेछ! एकातिर फेसबुक र टिकटकले मान्छेको समय खेर फाल्यो भन्ने गुनासो सुनिन्छ, अर्कातिर त्यसकै माध्यमले व्यवसाय चलाएर पैसा कमाउनेहरू कम छैनन्। यस्तै कमाउनेमध्ये एक हुन् ललितपुरकी निशा अधिकारी। उनलाई टिकटकको एउटा भिडिओले व्यवसायी बनाइदिएको छ। त्यो पनि चानचुने होइन, दिनमै कम्तीमा ३० हजार रूपैयाँ […]

१७,३०० पुग्यो, श्रमिकको न्यूनतम पारिश्रमिक

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत प्रकाशित भएको छ ।मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार […]