साडियो माने गए साउदी अरेबिया

0 minutes, 1 second Read
Spread the love

सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिख छोडेर साउदी अरेबियाको प्रो लिग क्लब अल-नासरमा आबद्ध भएका छन् । अल-नारसमा गत वर्ष पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पनि आबद्ध भएका थिए । इंग्लिस क्लब लिभरपुलका पूर्व फरवार्ड ३१ वर्षीय मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए।

च्याम्पियन्स लिगको खेल हारेपछि उनले ड्रेसिङ रुममा लिरोय सानेसँग झगडामा समेत संलग्न भएका थिए। उनले अल-नासरसँग चार वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्। अल-नासरले डिसेम्बरमा पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डोलाई अनुबन्धन गरेको थियो।यस्तै क्लबमा क्रोएसियाका मिडफिल्डर मार्सेलो ब्रोजोभिक, ब्राजिलका फुलब्याक एलेक्स टेल्स र आइभरी कोस्टका मिडफिल्डर सेको फोफाना यो सिजन आबद्ध भइसकेका छन्।

स्रोत : सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *