आइसिसी महिला टी-२० विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

0 minutes, 0 seconds Read
Spread the love

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि प्रारम्भिक टिम घोषणा गरेको छ । क्यानले २४ सदस्यीय टिम घोषणा गरेको हो। बन्द प्रशिक्षणका लागि घोषणा गरिएको टिममा युवा खेलाडीलाई मौका दिइएको छ।  टी-२० विश्वकपको एसिया छनोट मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन् । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन् । विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् । स्रोत : सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *