कैदीबन्दी भागेपछि सुधार गृहबाहिर आफन्तको भिड

0 minutes, 0 seconds Read
Spread the love

सानोठिमीस्थित बाल सुधार गृहबाट २२१ कैदीबन्दीहरु भागेपछि सुधार गृह बाहिर उनीहरुको आफन्तको भिड लागेको छ ।

आइतबारदेखि भएको झडप र सोमबार पनि जारी तनावबीच कैदीबन्दी भागेको समाचार सुनेपछि आफन्तहरु सुधार गृह बाहिर जम्मा भएका हुन् ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीका अनुसार, सानोठिमीस्थित सुधार गृहबाट भागेकामध्ये १९४ जना नियन्त्रणमा आइसकेका छन् । थप २७ जनाको खोजी भइरहेको केसीले बताए ।
उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरी परिचालित छ’, उनले भने ।
सोमबार दिउँसो सुधार गृहको पछाडि पट्टीको ढोका फोडेर कैदीबन्दी फरार भएका थिए । उनका अनुसार, त्यसक्रममा १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । भित्रका केही कैदीबन्दी पनि घाइते रहेको केसी बताउँछन् ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले बाल सुधार गृह अगाडि आइतबार नाराबाजी र तोडफोड गरेका थिए । त्यही विषयमा सोमबार पनि तनाव जारी रहँदा सुधार गृहमा रहेका कैदीबन्दी फरार भएका थिए । अनलाईनखबरबाट

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *