‘ब्रेक शु’ मा बरामद भएको सुन २४ क्यारेटको

0 minutes, 0 seconds Read
Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन २४ क्यारेटको पुष्टि भएको छ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले सोमबार गरेको परीक्षणमा सुन २४ क्यारेट शुद्ध पाइएको एक उच्च अधिकारीले जानकारी दिए।

महाशाखाले प्रवक्तामार्फत् राष्ट्र बैंक र राजस्व अनुसन्धान विभागलाई यसबारेमा जानकारी गराइसकेको बताएको छ।

बरामद भएको सुन जोख्न सुन टक्सार महाशाखा ल्याइएको थियो।

महाशाखामा साउन २९ गते जोखिएको सुन ६० किलो ७८९ ग्राम पाइएको थियो। जोखेको भोलिपल्ट सुनलाई गालेर बिस्कुट आकारको बनाएको थियो। गालिसकेर गुणस्तर परीक्षण गर्दा उक्त सुन ९९९ शुद्ध सुन पुष्टि भएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेपछि सुन जोखिएको थियो।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु विमानस्थल बाहिरबाट बरामद गरेको थियो।  सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *