सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आज मन्त्री बन्दै

0 minutes, 0 seconds Read
Spread the love

कोशी प्रदेशको सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम मन्त्री बन्ने भएका छन्  गौतमले मंगलबार सभामुख पदबाट राजीनामा दिएका थिए । सरकार बनाउन बहुमत पुर्‍याउन गौतमले सभामुखबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री पछि दोस्रो बरियतामा रहने गरी गौतमलाई मन्त्री बनाउन लागिएको नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता ईन्द्र आङ्बोले बताए। तर कसले कुन मन्त्रालय लिने भन्नेबारे टुंगो लागिसकेको छैन । आङ्बोका अनुसार बुधबार बिहान ११ बजेपछि गठबन्धन दलको बैठक बसेर मन्त्रालयको टुंगो लगाइनेछ।

अहिले गठबन्धन दलबाट एक एक जनामात्रै मन्त्री बनाउने र विश्वासको मत लिएपछि अरू सदस्य थप्ने सहमति भएको आङ्बोले बताए।  कांग्रेस संसदीय दलका नेता उद्धव थापा माओवादी केन्द्र, समाजवादी र जसपाको समर्थनमा मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री र मन्त्रीहरूको शपथ बुधबार अपराह्न ५ बजेका लागि तोकिएको छ। स्रोत : सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *