आज कार्तिक १४ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा […]

शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ

बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अनलाइनखबरलाई बताए । अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ’, सापकोटाले भने, […]

कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्। ‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’ आफू र एमालेलाई […]

प्रस्तावित विधेयकमा समेटियो शिक्षकको मर्यादाक्रम यस्तो छ..

राष्ट्रिय मर्यादामा शिक्षकलाई समेटेर मर्यादा सम्बन्धी कानुन बनाइने भएको छ । सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पारित ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मा शिक्षकको मर्यादा सम्बन्धी व्यवस्था प्रस्तावित छ । विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७ औं स्थानमा राखिएको छ । विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९ औं स्थानमा छ । […]

पत्रकार सम्मेलनमै बेहोस भइन् ‘भारती’

आफ्ना पतिको हत्यामा दोषी ठहर भएका योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध अनसन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनस्थलमै बेहोस भएकी छन् । गत शुक्रबारदेखि अनसन थालेकी उनी सोमबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमा पुगेकी थिइन् । पत्रकार सम्मेलनमा अरु वक्ताहरुले बोल्ने क्रममा उनी बेहोस भएपछि वीर अस्पताल लगिएको उनका एक सहयोगीले जानकारी […]

सिंगापुरबाट नेपालले पायो १ सय ४६ रनको लक्ष्य

सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरबाट जितका लागि एक सय एक सय ४६ रनको लक्ष्य पाएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । सिंगापुरका लागि ओपनर […]

पुरानो नोटको मूल्य ५० लाख, सही सम्पर्क नम्बर जाँच गर्नुहोस्

पुरानो नोटको मूल्य १० लाख, सही सम्पर्क नम्बर जाँच गर्नुहोस्। समय यति छिटो परिवर्तन भएको छ कि मानिसहरूले सबै कुरा अनलाइन गर्न थाले। अनलाइनमा श्रीमती पाइयो भने अनलाइनबाटै जागिर पाउँछ, पढाइ पनि अनलाइनबाटै हुने धेरै समय भएको छैन । इन्टरनेटको संसारमा, खरीद र बिक्रीका लागि प्रसिद्ध वेबसाइटहरू eBay, OLX र Quikr हुन्। तपाइँ यी वेबसाइटहरूमा केहि पनि बेच्न […]

गाडी दुर्घटनामा एमाले नेता नविना लामासहित १० जना घाइते

काभ्रेको बेथानचोकमा गाडी दुर्घटना हुँदा एमाले केन्द्रीय सदस्य नविना लामासहित १० जना घाइते भएका छन् । दुर्घटनामा नेकपा एमाले बागमती प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा पनि घाइते भएकी छिन् । उनीहरुसहित १८ जना चढेको बा १४ च ७०७७ नम्बरबो बोलेरो गाडी काभ्रेको बेथानचोकस्थित तालढुंगाबाट बेथानचोक आउँदा बाटोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा पुगेका […]

भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई नेशनल लाइफको आर्थिक सहयोग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बझाङमा भूकम्पबाट क्षतिग्रस्त एउटा विद्यालयलाई आर्थिक सहयोग गरेको छ । गत १६ असोजमा आएको भूकम्पबाट क्षतिग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ । बाल विकास माध्यामिक विद्यालयको प्राङ्गाणमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका […]

निक्षेपकर्ता ठगेर देउराली सहकारीका अध्यक्ष चौलागाईं चढ्थे साढे दुई करोडको गाडी

२० हजार निक्षेपकर्तालाई ठगी गरेको मुद्दामा हिरासतमा रहेका देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंको टोयोटा फर्चुनर गाडी पनि प्रहरीले बरामद गरेको छ । निक्षेपकर्ताबाट ठगी गरेकै पैसाबाट उनले साढे दुई करोडको उक्त गाडी खरिद गरेर चढ्ने गरेका थिए । प्रहरीमा उजुरी परे पनि प्रहरीले सकेसम्म मिलाउने प्रयास गरेको थियो । चौलागाईंले ठूला निक्षेपकर्तालाई आफ्नो कम्पनीमा रहेको जग्गा दिने आश्वासनमा […]