देशभक्त नागरिक उत्पादन गर्ने शिक्षा नीति बनाऔं : वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले देशभक्त नागरिक र जनशक्ति उत्पादन गर्ने शिक्षा नीति बनाउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभामा विद्यालय शिक्षा विधेयक–२०८० माथिको छलफलमा भाग लिँदै शुक्रबार पुनले वैज्ञानिक, प्राविधिक र देशभक्त नागरिक उत्पादन गर्ने खालको शिक्षा नीति बनाउन संविधानले निर्दिष्ट गरेको उल्लेख गरे । संविधान निर्माण भएको ८ वर्षपछि ढिलै भए पनि सरकारले […]

अनलाइन बेटिङबाट २४ करोडको कारोबार गरेको आरोपमा युवक पक्राउ

अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका-१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिन्छ। वानएक्स बेट, मेल्बेट, रूपी बेट, […]

दशैंमा विद्यार्थीलाई घर जान सरकारी गाडीको व्यवस्था मिलाउन सांसद सापकोटाको माग

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले चाडपर्वमा विद्यार्थीलाई सरकारी गाडी प्रयोग गरेर घर जाने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उच्च शिक्षाका लागि गाउँ गाउँबाट नजिकका सहरबाट आएका र काठमाडौं रहेका विद्यार्थीलाई सरकारी र संस्थानका गाडीको प्रबन्ध गरी दशैंमा घर पुर्‍याउने प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले ठेक्का सम्झौता भएर […]

शिक्षा विधेयक संघीयताविरोधी : सीके राउत

जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी भएको टिप्पणी गरेका छन् । विधेयकमाथि सैद्धान्तिक छलफलको क्रममा बोल्दै जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान हटाउन माग गरे । उनले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो । जसको प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, […]

शिक्षामन्त्री राईले गरेको सम्झौता आपत्तिजनक: अमरेशकुमार सिंह

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राहत शिक्षकलाई आन्तरिक रूपमा स्थायी गर्ने भनेर शिक्षामन्त्री अशोक राईले गरेको सम्झौता आपत्तिजनक रहेको बताएका छन् ।  शुक्रवार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद सिंहले शिक्षा मन्त्रीले गरेको सम्झौता राष्ट्रघाती काम भएको बताए । उनले भने– ‘अस्ति राहत शिक्षकसँग जुन सम्झौता गर्नुभयो, त्यो अधिकार तपाईँले कहाँबाट पाउनुभयो […]

बझाङका भूकम्पपीडितलाई अस्थायी घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

बझाङ भूकम्पपीडितलाई अस्थायी आवास (घर) बनाउन सरकारले ५० हजार रुपैयाँका दरले सहयोग दिने भएको छ। प्रति घरपरिवार ५० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीहरू पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्री एनपी साउद लगायतले शुक्रबार बझाङ पुगेर भूकम्पले क्षति पुर्‍याएका घरहरूको अवलोकन गरेका थिए। गत […]

शिक्षा विधेयक दर्ता भए पछि गरिएका सहमती र सम्झौता माथि संसदमा प्रश्न

बहुप्रतिक्षित शिक्षा विधेयक माथि शुक्रबारबाट संघीय संसदमा सैद्धान्तिक छलफल शुरु भएको छ । संघीयता कार्यान्वयन भएको आठ बर्ष सम्म पनि बन्न नसकेको विधेयक बनाउने क्रममा भने त्रुटि भएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । खास गरी शिक्षकहरुसँग गरिएको सहमतीले विधेयकलाई अस्पष्ट पारेको सांसदहरुको आरोप छ । छलफलमा भाग लिदैं प्रमुख प्रतिपक्षि दल एमालेका सांसद रघुजी […]

कोशीमा बन्नुपर्ने एमाले–माओवादी संयुक्त सरकार

बुधबार सुरु भएको कोशी प्रदेशसभाको बैठकमा सबै दलका नेताहरुले एकस्वरमा साझा चिन्ता जनाए, मध्यावधिमा जानु हुन्न । प्रदेशसभा चुनाव भएको ९ महिनाभित्रै बनेको चौथो सरकारलाई समेत विश्वासको मत पाउन मुस्किल परिरहँदा उनीहरुको चिन्ता स्वभाविक हो । किनकि अहिलेकै राजनीतिक समीकरण कायम राखेर अब सरकार बन्दैन, त्यसपछि जाने संवैधानिक प्रक्रिया मध्यावधि चुनाव नै हो । तर […]

सांसद गौतमद्वारा ‘वान योङ वर्ल्ड’को अवार्ड ग्रहण

प्रतिनिधिसभा सदस्य सोबिता गौतमले ‘वान योङ वर्ल्ड’ नामक संस्थाले प्रदान गरेको ‘वान योङ पोलिटिसियन अफ द इयर’ अवार्ड ग्रहण गरेकी छन् । बेलायतको बेलफास्टमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले रोबर्ट एफ. केन्नेडी ह्युमन राइट्सकी अध्यक्ष केरी केन्नेडीको हातबाट अवार्ड बुझेकी हुन् । युवा नेतृत्व विकासका लागि स्थापित बेलायती संस्था ‘वान योङ वर्ल्ड’ले यो वर्ष […]

शेयर धितो कर्जामा १२ करोडको सीमा बढ्यो, अब व्यक्तिलाई १५ र संस्थालाई २० करोड

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा बढाएको छ । हाल एक व्यक्ति वा संस्थाले यस्तो कर्जा १२ करोडसम्म मात्रै लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई बढाइएको हो । अब व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म यस्तो कर्जा लिन सक्नेछन् । यस्तै राष्ट्र बैंकले कर्जाको नोक्सानी व्यवस्थामा पनि सहजीकरण गरेको छ। […]