अस्ट्रेलिया फर्किन नपाएपछि करोड लगानीमा खोले अत्याधुनिक ‘लन्ड्री’

केशव अर्याल दुई वर्षअघि अस्ट्रेलिया पुगेका थिए। २०७६ फागुनमा डेढ महिनाको छुट्टी लिएर घर आइपुगे। अस्ट्रेलिया फर्किने दिन नजिकिँदै गर्दा विश्वभर कोरोना महामारी फैलन थाल्यो। विभिन्न देशले हवाई उडान रोके। नेपाल सरकारले पनि विमानस्थल बन्द गर्‍यो। त्यही अवधिमा केशवको बिदा सकियो तर अस्ट्रेलिया फर्किन सकेनन्। चौध महिनाको भिसा बाँकी छँदा नेपाल आएका उनको भिसा अवधि कोरोनाकालमै सकियो। […]

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा : ‘शिक्षक, प्रहरी र सैनिक पनि’

छेउमै मग्मा खोला बग्छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उनलाई अहिले आफ्नै गाउँ बिरानो लाग्न थालेको छ । चन्द्रकलीलाई गाउँ बिरानो लाग्ने कारण हो यो दुर्गम गाउँमा भित्रिएको ‘अमेरिका छिर्ने लहर ।’ गाउँ नै रित्तिँदै जान थालेपछि उनीभित्रको रिक्तता […]

एकै परिवारका ४ जनाको हत्या

छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र एक छोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ । घटना कम्तिमा दुई दिनअघिको हुनसक्ने अनुमान गरिएको छ । ‘परिवारका सदस्यले श्रीदेवीलाई नभेटेपछि खोज्दै आएका रहेछन्, त्यसक्रममा घरमा आउँदा रगत […]

‘६ सय जति अमेरिका छिरे, ६ सय बाटोमै छन्, अरु थुप्रै तयारीमा छन्’

करिब एक दशक भयो, रुकुममा अमेरिका जाने लहर चलेको । द्वन्द्वकालकै बेला केही फाटफुट गएका थिए, शान्ति सम्झौतापछि यो क्रम बढ्यो । अमेरिका जाने क्रम बढेको एक दशक जति भयो होला । अहिले त अवस्था यस्तो छ की अमेरिका नगएका कुनै गाउँ टोल छैनन् । आधाजसो घरमा प्रत्येक घरबाट कोही न कोही अमेरिका गएका छन् […]

यूएईविरुद्ध कुशल भुर्तेलको अर्धशतक

त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा कुशल भुर्तेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन् । टीयू मैदानमा जारी खेलमा भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा ५० रन बनाएका हुन् । अर्धशतक बनाएपछि एक बलको सामना गरेका उनी थप रन नजोडी आउट भए ।

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण : ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ : १९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ : १९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहनुभएका धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले […]