आज कार्तिक १३ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेकाे काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। हतारमा निर्णय लिँदा केही काम दोहोर्याउनुपर्ने हुन सक्छ। […]

नेपालको संक्रमणकालीन न्याय टुंग्याउन राष्ट्रसंघका महासचिव गुटेरेसले दिए तीन सुझाव

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन राष्ट्रसंघ सहयोग गर्न तयार […]

मोबाइल माग्दा साथीको हत्या !

आफ्नै साथीको हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। मोबाइलको विषयमा विवाद हुँदा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापाराका २२ वर्षीय रुपेश महराको हत्या आरोपमा पक्राउ परेका दुवै जनालाई आइतबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा बस्ने २० वर्षीय पवन सहनी र २० वर्षीय हरिचरण मण्डल रहेकाे धनुषा प्रहरी प्रमुख एसपी […]

तुरुन्तै रगत चाहिए कसरी व्यवस्थापन गर्ने ?

चाडबाडका बेला लामो समयसम्म अस्पतालको बहिरंग सेवा (ओपीडी) बन्द हुन्छन् । अस्पताल बन्द भएको बेला तुरुन्तै रगत आवश्यक परेमा के गर्ने ? भन्ने धेरैलाई चिन्ता हुन्छ । सुत्केरी हुँदा, सवारी दुर्घटना, शरीरमा रगतको मात्रा कम हुँदा, ब्लड क्यान्सरजस्ता अवस्थामा तुरुन्त रगतको आवश्यक पर्न सक्छ । आकस्मिक रगत आवश्यक परेमा कसरी व्यवस्थापन गर्ने ? कहाँ फोन […]

टी-२० विश्वकप क्वालिफायर : एसियाबाट कसको सम्भावना कति.. ?

आईसीसी टी-२० मेन्स विश्वकप २०२४ को एसिया क्वालिफायर १३ कात्तिकदेखि काठमाडौंमा सुरु हुँदैछ । ८ टिमले प्रतिस्पर्धा गर्ने एसिया क्वालिफायरबाट शीर्ष दुई टोली अर्थात फाइनल खेल्ने दुई देश अर्को वर्ष हुने टी-२० विश्वकप खेल्नेछन् । आयोजक नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी-२० मेन्स विश्वकप एसिया क्वालिफायर […]

यस कारण : ‘युवाहरूमै देखिन थाल्यो नाक, कान, घाँटीको क्यान्सर’

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख डा. देजकुमार गौतमले पहिला पहिला उमेर ढल्किएपछि देखिने नाक, कान, घाँटीको क्यान्सर अहिले युवा अवस्थामा नै देखिन थालेको बताएका छन् । अनलाइनखबरसँग कुराकानी गर्दै डा. गौतमले विगतमा ५०/६० वर्ष कटेपछि देखिने नाक, कान, घाँटीको क्यान्सर हिजोआज २२ वर्षदेखिकै युवाहरूमा देखिन थालेको भन्दै […]