भत्ता बोकेर लाभग्राहीको घरमै जनप्रतिनिधि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो । वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर […]

घरबाटै हराएकी ७ वर्षीया बालिका गुफाभित्र मृत भेटिइन्

घरमा खेल्दाखेल्दै हराएकी भोजपुरकी एक बालिका मृत फेला परेकी छन् । भोजपुरको आमचोक गाउँपालिका-६ थुन्कीका देवचन्द्र राईकी ७ वर्षीया छोरी आकृति शुक्रबार हराएकी थिइन् । प्रहरीको सहायतामा खोजतलास गर्दा घरभन्दा साढे एक किलोमिटर टाढा टेङलुङछुकस्थित जंगलको गुफामा मृत फेला परेकी हुन । बालिकाको शव गुफाको पानीमुनि तल्लो भागको कपडा खोलिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको […]

जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा

जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा शनिबार नेपाल र जापान भिडेका थिए । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा २ […]

शिक्षा सुधारका लागि विद्यालय नेतृत्व सक्षम हुनुपर्छः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शिक्षा सुधारका लागि विद्यालयको नेतृत्व सक्षम हुनुपर्ने बताएका छन्। दाङको तुलसीपुर–६ स्थित सेन्टर माविको आठकोठे प्रशासनिक भवन उद्घाटन गर्दै उनले विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षक सक्षम हुनुपर्नेमा जोड दिए। ‘सरकारी विद्यालयको स्तर सुधार गर्न सम्बन्धित नेतृत्व नै खट्ने हो, हामीले त्यसमा सहयोगी भूमिका नै […]

राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या

राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले रातोपाटीलाई बताए । लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् । संविधान दिवसका […]

इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव आज ल्याइँदै

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज (शनिबार) नेपाल ल्याइँदै छ। कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले बताएको छ। दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत दुबईसम्म र त्यसपछि […]

प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिए संसदीय व्यवस्था चल्न गाह्रो : डा. शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नदिँदा संसदीय व्यवस्था नै चल्न गह्रो हुने बताएका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले सांसदले बहुमत जुटाएर सरकार गठन गर्ने संविधानको व्यवस्था नै दोषपूर्ण रहेको बताए । संविधानमा एकल, बहुमत र त्यो नभए दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउने […]