आज कार्तिक १० गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। खर्च लागे पनि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। तर आफ्नाे उपलब्धिमा अरूले […]

दसैँमा बिरामी आमालाई भेट्न गएका प्रहरी हिरासतमा

सवारी ज्यान मुद्दामा ८ दिनदेखि प्रहरी हिरासतमा रहेका नेकपा(क्रान्तिकारी)का प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’को दसैँ बिदाका कारण हिरासत बसाइ थप लम्बिने भएको छ । कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै प्रवक्ता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको […]

पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाऊ: लिङ्देनको चुनौती :

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व राजालाई गाली गर्नुको साटो राम्रो गरेर देखाउन दलहरुलाई चुनौती दिएका छन् । बिहीबार अमेरिका जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले २५० वर्षको इतिहास भएको तत्कालीन राजाले श्रीपेच र राजदण्ड हाँसीहाँसी जिम्मा लगाएर देशमै बसेको बताए । त्यसरी बसेका पूर्व राजाले देशको विग्रिदो अवस्थाप्रति चिन्ता व्यक्त […]

‘सांसदलाई विकासभन्दा कानुन निर्माणमा सक्रिय बनाऊ’

सांसदहरु कानुन निर्माणमा केन्द्रित हुन नसकेको र परिणाममा संसद प्रभावकारी नभएको भनी हुने गरेको सार्वजनिक टिप्पणीलाई संघीय संसद सचिवालयले स्वीकार गरेको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको पाँच वर्षको संघीय संसद तथा प्रदेश सभाहरुको समीक्षात्मक प्रतिवेदनले सांसदलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्नेसहित तीन सुधारको आवश्यकता औंल्याएको छ । संसदलाई प्रभावकारी बनाउन निर्वाचन व्यवस्थामा सुधार, राजनीतिक […]

मलेसियाबाट उपाधि बोकेर फर्कियो यू-१९ क्रिकेट टोली

मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड […]

यस कारण …बन्यो नराम्रो भनिएको स्कुल, नमूना शिक्षालय

नेतृत्वले इमानदारीपूर्वक जिम्मेवारी वहन गर्दा मात्रै पनि कति व्यापक सुधार हुन्छ भन्ने उदाहरण हो, बालाजुको शितला मावि । काठमाडौं महानगर वडा नम्बर १६ मा रहेको यो मावि केही अघिसम्म सायदै नाम सुनिन्थ्यो । अहिले महानगरकै उदाहरणीय विद्यालयको रूपमा गणना हुन थालेको छ । महानगरले आयोजना गर्ने हरेक प्रतियोगितात्मक कार्यक्रममा शितला माविका विद्यार्थीले पुरस्कार जित्न थालेका […]

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी […]