प्रेमीसँग मिलेर श्रीमानको ह’त्या

बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा असोज ९ गते मृत भेटिएका भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ। आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो। बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला […]

जापानमा कामदार पठाउने १४ वटा मेनपावर कम्पनी निलम्बनमा

शंकास्पद प्रमाणपत्र पेश गरी नेपाली कामदारलाई जापान पठाउने १४ मेनपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेश गरी श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाउने व्यवसायीको लाइसेन्स निलम्बन गरेको हो । त्यसका लागि केही महिना अगाडि विभागमा उजुरी परेको थियो । यसमा प्रारम्भिक अनुसन्धान गर्दा […]

अनमोल केसीलाई हाजिरी जमानीमा छाडियो

कलाकार अनमोल केसी हिरासतमुक्त भएका छन्। उनलाई आइतबार बेलुकी हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए। आरोपितले प्रमाण नष्ट गर्न सक्ने सम्भावना नदेखिएको अवस्थामा प्रहरीले हाजिरी जमानीमा छाड्न सक्ने व्यवस्थाअनुसार अनमोललाई हिरासतमुक्त गरिएको हो। आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका केसीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो। ‘रावायण’ […]

शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने

विद्यालय शिक्षा विधेयक र शिक्षक महासंघसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको तथ्यांकमा उक्त रकम थप खर्च हुने अनुमान गरिएको छ । महासंघसँग सम्झौता भएलगत्तै मन्त्रालयको योजना महाशाखाले थप बजेट तयार गरेको हो । सो बजेटको बारेमा अर्थ मन्त्रालयले सहमति दिएको […]

तपाईंको आज असोज १५ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। वृष – इ, उ, […]