कानून मिचेर हवाइ भाडा वृद्धि गरे कारबाही हुन्छ : मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री किरातीले अनियन्त्रित भाडा वृद्धिलाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज खरिद गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘नियमभन्दा बाहिर जान कसैलाई पनि छुट छैन […]

इन्द्र आङबोले हाम्रो हस्ताक्षर दुरुपयोग गरे

कोशीमा नेपाली कांग्रेसका डा. शेखर कोइराला पक्षका ८ प्रदेशसभा सदस्यले नेकपा माओवादी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दिएका हुन् । उनीहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । आङबोले पनि उनीहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि ८ जनाले आफूहरुको हस्ताक्षर […]

पार्टीको विवाद पन्छाउन देउवाले माओवादीलाई छाडिदिए कोशीको मुख्यमन्त्री

कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दाबी गर्ने शुक्रबार अन्तिम दिन हो। तर, त्यसको अघिल्लो दिन बिहीबार गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र तीव्र विवाद देखिएको छ। बिहीबार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकले नेकपा (माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री दाबी गर्न लगाउने औपचारिक निर्णय गरेपछि कांग्रेसको कोशी […]

टिक-टक, फेसबुक र इन्स्टाबाट ठगी धन्दा भएको छ, सरकारले नियन्त्रण गरोस्: प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले टिकटक, फेसबुक र इन्स्टाग्रामको प्रयोग गरेर ठगीको नयाँ धन्दा सुरू भएकोले नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। टिकटक, फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा सामानको विज्ञापन गर्ने, अनलाइनबाटै पैसा लिने र सामान उपलब्ध नगराउँदै अकाउन्ट बन्द गरी ठगी गर्ने प्रवृत्ति बढेको पौडेलले बताए। ‘प्रविधि प्रयोग गरेर ठगीधन्दा सुरू भएको छ। सरकारले तत्काल […]

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

विद्यालय शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पुगेको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो विधेयक प्रतिनिधि सभामा २७ […]

यस्ता ६ कारण, जसले हुन सक्छ बालबालिकामा डिप्रेसन

वयस्क र वृद्ध उमेरका व्यक्तिलाई मात्र डिप्रेसन हुन्छ, बालबालिकामा कुनै किसिमको तनाव नहुने र रमाउने उमेर हुने हुँदा यसको जोखिम हुँदैन भन्ने सोच धेरैमा रहेको पाइन्छ । जसकारण डिप्रेसन व्यवस्थापनसम्बन्धी बहस पनि वयस्क र वृद्ध उमेर समूहलाई नै आधारित रहेर हुने गरेको छ । तर बालबालिकामा पनि डिप्रेसन हुन सक्ने विभिन्न कारण हुन्छन् । जसमध्ये […]

इरानमाथि नेपालको फराकिलो जित

यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी (यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर […]

रानीबारी हत्याकाण्ड र न्यायाधीश हत्याका दोषीको कैद मिनाहा गर्ने खेल

राजनीतिक दबाबका भरमा नेपालगञ्जका ‘रिगल’ भनिने योगराज ढकालसँगै संगीन प्रकृतिका अरु दुई अभियुक्तको पनि कैद मिनाहा गर्ने प्रयास भएको खुलेको छ । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भएका बाबु थापा र बहुचर्चित रानीबारी हत्याकाण्डमा दोषी ठहर भएका मनराज गुरुङलाई संविधान दिवसको अवसरमा कैद मिनाहाका लागि अघि बढेको फाइल अन्तिम समयमा रोकिएको हो […]

इन्द्र आङबो कोशीको मुख्यमन्त्री बन्दै

कोशी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । नेपाली कांग्रेस र एकीकृत समाजवादीको नेतृत्वले दाबी छोडेपछि आङ्बो मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन […]

आज असोज २५ गते तपाईंको राशिफल

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। हल्लाको पछि लाग्दा अलमल हुनेछ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। बुद्धिको उपयोगले लक्ष्यमा पुग्न सकिनेछ। अध्ययनमा अलमल हुनेछ। वृष -इ, उ, ए, ओ, […]