जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो : नेमकिपा

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले जिल्ला शिक्षा कार्यालय ब्युताउन खोज्नु गलत भएको बताएका छन् । विद्यालय शिक्षा विधेयकको विरोध गर्दै प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, ‘ जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो । यस सम्बन्धमा सरोकारवालाहरुले पनि विरोध गरिरहेका छन् ।’ आधारभूत र माध्यमिक शिक्षलाई स्थानीय सरकार मातहत नै राखिनुपर्ने […]

महँगी बढिरहने हो भने कांग्रेस सत्तामा बसिरहन जरूरी छैन: प्रदीप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महँगी निरन्तर बढिरहने हो भने सरकारमा बसिराख्न जरूरी नहुने बताएका छन्। संघीय सरकारमा कांग्रेसका ९ जना मन्त्री छन्। उनले महँगी बढिरहने र जनताको ढाड सेकिइरहने हो भने पार्टी सरकारमा बस्नुको औचित्य नहुने बताएका हुन्। ‘महँगी बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढिरहने, जनताको ढाड सेकिइरहने हो भने त्यो सत्तामा बस्न कुनै […]

शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा छ : मन्त्री राई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरुलाई राजनीतिबाट टाढा राख्नेकुरा विधेयकमा समावेश गरिएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उनले विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताएका हुन् । उनले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भएपनि आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु नहुनेमा सरकार सचेत रहेको बताए । शिक्षामन्त्री […]

म्याद थपका लागि लगियो अनमोललाई

अभिनेता अनमोल केसीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । म्याद थपका लागी केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले  बताए । आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रवार पक्राउ गरेको थियो । केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा […]

सबै बाल विकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराइने

प्रारम्भिक बाल विकास शिक्षकहरुलाई विद्यालय संरचनाभित्र समावेश गर्ने गरी विद्यालय शिक्षा विधेयक संशोधन गरिने भएको छ । शिक्षा मन्त्रालय र आन्दोलनरत बाल विकास शिक्षकहरुबीच भएको सहमति अनुसार संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा उक्त कुरा संशोधन गरिने भएको हो । ‘प्रारम्भिक बाल शिक्षालाई विद्यालय संरचनाभित्र समावेश गर्नुपर्ने र कार्यरतको दरबन्दी कायम गरी रुपान्तरण गर्नुपर्ने,’ भनि […]

आज प्रतिनिधिसभा विद्यालय शिक्षा विधेयक पेस हुँदै

प्रतिनिधिसभा बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा  दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संसद् सचिवालयका अनुसार बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ । त्यसैगरी सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर […]

राहत लगागतका शिक्षकसँगको सहमती : विधेयकको ५० प्रतिशतलाई शतप्रतिशत

आन्तरिकमा ५० र खुलामा ५० प्रतिशत हुने गरी विधेयकमा राखिएको व्यवस्थाको राहतको दायरालाई शतप्रतिशत पुर्याउने सहमती भएको छ । विधेयकका विरुद्ध आन्दोलनमा त्रिएको शिक्षक महासंघ सँग गत असोज ५ गते भएको सहमतीमा आन्तरिकमा ७५ र खुलामा २५ प्रतिशत हुने गरी भनिएको थियो । तर शुक्रबार फेरी शिक्षा मन्त्री अशोककुमार राई सहित आन्दोलनरत शिक्षकहरु बिच भएको […]

तपाईंको आज असोज १४ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। […]