इजरायलमा आक्रमणपछि सेल्टर गइरहेका १४ नेपालीमध्ये ७ घाइते

काठमाडौं इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले यसको पुष्टि गरिन् । उनले भनिन्, ‘नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते हुनुभएको छ ।’ उनले […]

एसियाडमा लगातार दोस्रो पटक नेपालले जित्यो रजत पदक

एसियाली खेलकुद (एसियाड) मा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको छ । एसियाडको ७२ वर्षे इतिहासमा नेपालले लगातार दुई संस्करणमा रजत पदक जितेको यो पहिलो पटक हो । चीनको हान्झाउमा जारी १९औं एसियाडमा नेपालकी कराते खेलाडी एरिका गुरुङले शनिबार महिला ६८ केजीमाथि तौल समूहमा ऐतिहासिक रजत जितिन् । यसअघि सन् २०१८ मा इन्डोनेसियामा भएको […]

कोसीको मुख्यमन्त्रीमा कांग्रेस र माओवादी कसले मार्ला बाजी …

कोसी प्रदेशको अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि गठबन्धन दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले दाबी प्रस्तुत गरेका छन्। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री बनेका नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि आजै राजीनामा दिएका छन्। कार्कीले […]

छोराले आमालाई जिउँदै जलाए

आमालाई मायाको खानी र सन्तानलाई कर्तव्यको उदाहरण मानिन्छ । तर भारतमा आफ्नै आमामाथि छोराको हत्याको घटनाले सबैको मन हल्लाएको छ । भारतको उत्तर प्रदेशको शाहजहांपुरमा एक छोराले आमामाथि तेल खन्याएर हत्या गरेका छन् । उपचारका क्रममा अस्पतालमा महिलाको मृत्यु भएको हो । दैनिक भास्करमा प्रकाशित समाचार अनुसार घर छुट्टिने विषयमा आमा छोराबीच झगडा भएको थियो । त्यो मानिस […]

के यस्तो विद्यालय शिक्षा ऐन बनाउन सम्भव छ ….?

भर्खरै मात्र मेरो शहर, मेरो राजधानी, काठमाडौं आन्दोलित भयो। देशभरका शिक्षक यतिखेर राजधानीमा ओइरिए। माइतीघरमण्डलदेखि बानेश्वरचोकसम्म हुने गरेका शिक्षक आन्दोलनका धर्ना, जुलुसका कार्यक्रमले त्यस क्षेत्रको मात्र नभएर अन्य आसपासका क्षेत्रको ट्राफिक सञ्चालन समेत केही दिनका लागि बिथोलियो। सारा राजधानीवासीको ध्यान राम्रैसँग तान्यो, यो आन्दोलनले। शिक्षक आन्दोलनको पक्ष/विपक्षमा गरिएका बहस, तर्क, समर्थन र विरोधहरुले सामाजिक सञ्जालका […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले […]

शिक्षकहरुसँग गरेका सहमति उल्लेख नगरी विधेयक पेश

नेकपा एमाले सांसद सुनिता बरालले सरकारले शिक्षकहरुसँग गरेका सम्झौता र सहमति उल्लेख नै नगरी विद्यालय शिक्षा विधेयक–२०८० संसदमा पेश गरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभामा जारी विद्यालय शिक्षा विधेयक–२०८० माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै बरालले शिक्षकहरुलाई सरकारले ढाँट्ने काम गरेको आरोप लगाइन् । आफू संसद् निर्वाचित भएर आएपछिको पहिलो सम्बोधनमै शिक्षा विधेयक ल्याउनुपर्ने […]

शिक्षा विधेयकमा व्यापक हेरफेर आवश्यक छ : प्रदीप यादव

जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदीप यादवले सरकारले संसद्मा पेस गरेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा व्यापक हेरफेर र पुनर्लेखनको आवश्यकता रहेको बताएका छन् । उनले विधेयक निर्माणको प्रक्रियामै स्वार्थ समूह हाबी देखिएको बताए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रमुख सचेतक यादवले कानून बनाउने प्रक्रियामै स्वार्थ समूह हाबी हुनु गम्भीर […]

निर्वाचनमा नजान आग्रह गर्दै ओलीले भने : हारेपछि मन दुख्दो रहेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । प्रदेश अधिवेशनहरुमा भएको निर्वाचनलाई विपक्षी र सञ्चार माध्यामहरुले लडे, भिडे भनेर गलत सन्देश प्रवाह गरेको भन्दै उनले उपत्यका विशेष प्रदेशले सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश दिनुपर्ने बताएका हुन् । उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई […]

माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत राख्न सांसद एकमत

प्रतिनिधिसभा सदस्यहरू आधारभूत र माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकार मातहत राख्न एकमत देखिएका छन् । प्रतिनिधिसभामा प्रस्तुत ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले संविधानको मर्म र भावना विपरीत जान नसकिने बताए । २७ भदौ २०८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेका थिए । विधेयकउपर […]