कोठाबाटै आमा–छोरा बेपता

कालीकोटको सदरमुकाम मान्माँ बजारबाट बिहीबार रातिदेखि आमा–छोरा बेपत्ता भएका छन् । रातिदेखि चार वर्षीय छोरासहित एक महिला बेपत्ता भएपछि अपहरण भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । पतिसँग झगडा परेपछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी –१ लुसा माइतीघर भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उहाँका ४ वर्षीय छोरा टेकेन्द्र शाही मान्मा […]

दस अर्बको विकास ऋणपत्र

नेपाल राष्ट्र बैङ्कले सरकारलाई आवश्यक रकम जुटाउन १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ बिक्री गर्न लागेको हो । बोलकबोल प्रक्रियाबाट बिक्री हुने विकास ऋणपत्र खरिदका लागि बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले राष्ट्र बैङ्कको राष्ट्र […]

चीनले आइफोन प्रतिबन्ध लगाउने

चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ। बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो। उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ। सोही नीतिअनुसार चीनले सरकारी निकायहरूमा आइफोनलगायत विदेशी डिभाइस प्रयोग गर्न […]

बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, ३० घाइते

बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए । डीएसपी डाँगीका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको […]

इ-सिगरेट विद्यालयभित्रै किनबेच गरेको भेटियो

युवाहरूमा भेपिङको क्रेज दिनानुदिन बढ्दै गएका दृष्टान्तहरु देखिन थालेका छन् । स्कुले बालबालिकाहरू समेतलाई यसको लतले छुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनअनुसार युवाहरूमा बढ्दो इ-सिगरेट जनस्वास्थ्यका लागि संवेदनशील बन्दै गएको छ । छिमेकी मुलुक भारतमा भएको एउटा अध्ययन अनुसार १५ देखि ३० वर्ष उमेर समूहका करिब ६१ प्रतिशत युवाहरूले इ-सिगरेट प्रयोग गरेका छन् । […]

तपाईंको आज भाद्र २३ गते राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सुरुमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्य धनलाभ हुनेछ। […]