सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजीमा पढाइने !

सरकारले निजीसँगै सार्वजनिक विद्यालयमा पनि गणित, विज्ञान र कम्प्युटर विषय अङ्ग्रेजी भाषामा पढाउनु पर्ने व्यवस्था अगाडि सारेको छ । बुधवार सङ्घीय संसद्‌को प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० मा यस्तो प्रस्तावित व्यवस्था राखिएको हो । विधेयकको दफा ८ मा शिक्षणको माध्यम भाषा सम्बन्धी व्यवस्था छ । जसअनुसार शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा […]

‘प्रचण्ड इमानदार छन्, त्यस्तो गर्दैनन् यार !’: देउवा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको विकल्पबारे सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्र अनौपचारिक छलफल चलिरहेको छ । यसैबीच कांग्रेस भित्रको विपक्षी खेमाको नेतृत्व गरेका नेता शेखर कोइरालाले प्रचण्ड सरकारको विकल्पको बहस सतहमा ल्याएका छन् । सुरुमा नेता कोइरालाले देउवा निवास धुम्बाराही पुगेर प्रचण्ड सरकारको विकल्प खोज्न प्रस्ताव गरेका थिए । कोइरालाले एमालेसँग […]

शिक्षक महासंघलाई वार्ताको लागि बोलावट गरेको यस्तो विज्ञप्ति

विद्यालय बन्द गरेरै आन्दोलनको धम्कि दिएको शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको छ । विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो तीन बजे शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा हुने वार्तामा मन्त्रालयले शिक्षक महासंघलाई बोलाएको हो । अहिले महासंघले उठाएका कतिपय माग नियमावली र नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतीका रहेको निष्कर्श निकाल्दै […]

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई नै बनाउन प्रस्ताव

वीरगञ्जका एक जना वडाध्यक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई नै बनाउने प्रस्ताव अगाडि सारेका छन् । सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै वीरगञ्ज – २० का वडाध्यक्ष रामकुमार सिंह (पराग) ले व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई बनाउँदा विद्यालयको उचित व्यवस्थापनका लागि सम्पूर्ण तह र निकायबाट पहल गर्न सहज हुने बताएका हुन् । वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको […]

संविधान दिवसमा एमालेले राष्ट्रिय झण्डासँग ‘सेल्फी’ कार्यक्रम गर्ने

नेकपा एमालेले संविधान दिवस (असोज ३ गते) राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक भिडिओ सन्देश जारी गर्दै राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गरेका छन्। ‘असोज ३ गते नारायणचौरमा भेट गरौं, यसपटकको राष्ट्रिय दिवस जनस्तरबाटै भव्यताका साथ मनाऔं,’ ओलीले भनेका छन्। सेतोपाटी

पशुपतिको बसपार्क सम्झौता भंग, तत्कालका लागि निःशुल्क पार्किङ

सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराएका छन् । उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ । अनलाइनखबर

प्रस्तावित विद्यालय शिक्षा ऐन र अनुत्तरित प्रश्न

प्रस्तावित विद्यालय शिक्षा ऐनमा संविधानको मर्म अनुसार स्थानीय तहलाई जिम्मेवार बनाउन खोजिएको छ । यो नै यसको प्रमुख सबल पक्ष हो । तर पर्याप्त तयारी र पूर्वाधार योजना विना शिक्षा क्षेत्रलाई जर्जर बनाउने सम्भावना र त्रासका कारण यो ऐन कार्यान्वयनमा समस्या रहनेछ । प्रस्तावित ऐनमा सरोकारवालाहरू खास गरेर शिक्षकहरूको व्यवस्थापनलाई सम्बोधन नगरिएकाले नियमित शिक्षण सिकाइको […]

अब स्थानीय तहमा खटिने कर्मचारीको छुट्टै ‘आचारसंहिता’

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ । संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा मुछिने क्रम बढेपछि मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो । मन्त्रालयका सहचिव सुमन दाहाल मन्त्रालय अन्तर्गत खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य भुलेर विभिन्न गलत अनैतिक क्रियाकलापमा […]

शेरधनले गरे राजेन्द्रलाई आलोपालो मुख्यमन्त्री बन्न प्रस्ताव

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईबीच धरानमा भेटवार्ता भएको छ। आइतबार राती एमाले स्थायी कमिटी सदस्य र एकीकृत समाजवादीका सचिव बीच धरान उपमहानगरपालिका-१५ स्थित धरान किचन होटलमा भेट भएको हो। भेटमा शेरधनले राजेन्द्रलाई पुन: कोशी प्रदेशको मुख्यमन्त्री बन्न प्रस्ताव गरेका छन्। उनले कोशी प्रदेशको हिक्मत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिएर आलोपालोमा मुख्यमन्त्री […]

एम’सि’सी को विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने खेल भइरहेको छः नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना एससिसीको विरोध गरेर सरकारबाट फाल्दिने खेल भइरहेको बताएका छन्। पार्टी निकट नेवाः संगठनले सोमबार काठमाडौंका आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीकै कारण एससिसीको व्याख्यात्मक घोषणा भएको बताए। ‘केहीकेही मानिसको गीतै के छ भने एमसिसीलाई बहिष्कार गर्नुपर्छ। अरू केही होइन, एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने, कमजोर […]