शिक्षा विधेयकमा परीक्षा बोर्डका कर्मचारीको असन्तुष्टि

0 minutes, 0 seconds Read
Spread the love

राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा व्यवस्थामा असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका छन् । बोर्डको संरचना, कर्मचारी व्यवस्थापन र स्रोत परिचालनमा स्वायत्त हुनुपर्ने माग उनीहरूले राखेका छन् ।

शुक्रबारदेखि विधेयकको विरोधमा कालोपट्टि बाँधेर कामकाज गरेका कर्मचारीले सोमबारदेखि केन्द्रीय र प्रदेश कार्यालयमा एक घण्टा सेवा बन्द गराएका हुन् । नेपाली राष्ट्रिय कर्मचारी, संगठन, कर्मचारी युनियन र कर्मचारी संघ परीक्षा बोर्डले विधेयक संशोधनको माग अघि सारेका छन् । विधेयकमा शिक्षा मन्त्रालयले कर्मचारी खटाउनसक्ने र बोर्डका कर्मचारी अन्य व्यवस्था तोकिएबमोजिम हुने भनिएको छ ।

बोर्डमा कार्यरत अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने, साबिककै सेवा, सुविधा र पारिश्रमिक पाउने गरी विधेयकमा सुनिश्चता हुनुपर्ने माग अघि सारिएको छ । मागपत्रमा पदेन बाहेक अन्य सदस्य बोर्ड आफैंले चयन गर्ने व्यवस्था हुनुपर्ने, अध्यक्ष नियुक्ति साबिककै व्यवस्थाअनुसार हुनुपर्ने, सदस्यसचिव बोर्डभित्रकै वरिष्ठतम् अधिकृतमध्येबाट गरिनुपर्ने, प्रदेश र शाखा कार्यालयहरू कायमै राख्नुपर्ने उल्लेख छ ।

यी माग पूरा नभए असोज १४ गतेदेखि बोर्डका अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिइएको छ । बोर्डकै कार्यालयमा तालाबन्दी गर्ने घोषणा संगठनका अध्यक्ष प्रकाश अवाले, युनियनका अध्यक्ष राजु ओलिया र संघका अध्यक्ष नन्दप्रसाद ढकालले घोषणा गरेका छन् । विधेयक अस्पष्ट भएकाले स्पष्ट बनाउन माग राख्दै आन्दोलन घोषणा गरिएको ओलियाले जनाए ।

‘विधेयकमार्फत राष्ट्रिय परीक्षा बोर्डको अधिकार खोस्न खोजिएको छ,’ उनले भने । २०७३ सालमा साविकको उच्च माध्यमिक शिक्षा परिषद्लाई खारेज गरेर बोर्ड गठन गरिएको थियो । बोर्डका सबै अधिकार र संरचना अहिलेकै अवस्थामा कायम राखिनुपर्ने कर्मचारीले माग गरेका हुन् । कान्तिपुर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *