चीनसँग सम्झौता हुने एजेण्डाहरू यस्तो ..

0 minutes, 0 seconds Read
Spread the love

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका बेला हुने सम्झौताहरू टुंगो लागेको बताएका छन्। शुक्रबार चिनियाँ राजदूतसँग छन् सोङ गहन छलफल गरी पोखरा पुगेका प्रधानमन्त्री दाहालले मन्त्रालयगतरूपमा सम्झौता हुने विषयहरू टुंगो लागेको बताए।

समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधारअन्तर्गत सुदूरपश्चिम र कर्णालीलाई जोड्ने हिल्सा-सुर्खेत सडकका विषयमा सम्झौता हुने बताए। उक्त परियोजनाले सुदूरपश्चिम र कर्णालीका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने बताए। उनले मुस्ताङबाट चीन जोड्ने कोरला नाका, गोरखाबाट चीन जोड्ने नाकाका विषयमा पनि छलफल हुने बताए।

उनले ऊर्जा क्षेत्रमा पनि चीनसँग सम्झौता हुने बताए। उनले चीनसँग विद्युत व्यापार सम्झौता हुने बताए। त्यसका लागि रसुवामा ट्रान्समिशन लाइन जडान गरिने बताएका छन्।  उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विभिन्न क्षेत्रबाट उडान गर्ने विषयमा पनि छलफल हुने बताए।

उनले नेपालको कृषि क्षेत्रमा चीनको विशेष चासो रहेको बताउँदै त्यससम्बन्धी विविध विषयमा छलफल हुने बताए। उनले चीनसँग घाँस निर्यात र राँगाको मासु निर्यात गर्ने विषयमा छलफल हुने बताए। चीनमा घाँस र राँगाको मासुको उच्च माग रहेको बताउँदै नेपालालई अर्बौं खर्बौंको आम्दानी हुने बताए। अन्नपूर्ण

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *