सहकारीले चलाएको कलेजले विद्यार्थीलाई कोरिया पठाउने

0 minutes, 0 seconds Read
Spread the love

सुनसरीको रामधुनी नगरपालिका–६ मा रहेको जीविका कृषि सहकारी संस्थाले सञ्चालन गरेको जीविका कृषि विज्ञान कलेजले पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष विद्यार्थीलाई कोरिया पठाउने भएको छ ।

बिएस्सी एजी चारवर्षे कोर्स अध्ययन गर्ने विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रमका लागि एक वर्ष कोरिया पठाउने सम्झौता भएको कलेजका व्यवस्थापक शिवकुमार डाँगीले बताए । पढ्दै कमाउदै कार्यक्रम अनुसार कलेजमा भर्ना भएका विद्यार्थीले कोर्षको अन्तिम वर्ष कोरिया जाने र उताबाट फर्किएपछि मात्रै सटिफिकेट पाउने उनले बताए ।

सहकारीले २०७५ सालदेखि जीविका कृषि विज्ञान कलेज सञ्चालन गर्दै आइरहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट कलेजले ५० जनाको कोटा प्राप्त गरेको छ ।

तर विश्वविद्यालयले गत शैक्षिक सत्र २०७९–८० मा विद्यार्थी नै पठाएको थिएन् । नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी आउने कलेजका व्यवस्थापन डाँगीले बताए । कलेजमा पहिलो वर्ष २४, दोस्रो वर्ष १५, तेस्रो वर्ष २९ र चौथो वर्ष २८ विद्यार्थी भर्ना भएका थिए ।

सहकारी संस्थाले कलेज परिसरको २० बिघा क्षेत्रमा कृषि परियोजना सञ्चालन गरिरहेको छ । गाईपालन, बंगुर, बाख्रा र माछा पालनसँगै मेवा खेती, फूल खेती ड्रागन फ्रुट खेती र सिजनल तरकारी खेती गरिरहेको छ ।

व्यवसायिक रुपमा सञ्चालित पशु तथा माछा पालन र खेतीमा दुई दर्जन भन्दा बढीले रोजगारी पाएका छन् । अध्ययनरत विद्यार्थीको सहज सिकाइका लागि सुरु गरिएको कृषि क्षेत्रलाई नमुना बनाउने डागीले बताए ।

कृषि क्षेत्रको नमुना गन्तब्यको रुपमा सहकारीलाई बनाउने प्रयास गरिरहेका छौं’, उनले भने,‘ पाँच विघा क्षेत्रमा माछा पालन गरेका छौं, ४३ माउ गाई छन्, बंगुर र बाख्रा पालन पनि विस्तार गरिरहेका छौं ।’

अनलाइनखबर

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *