आज कार्तिक १९ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिनेछन्। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। वृष […]

‘ढोका फोरेर बाहिर निस्कनेबित्तिकै घर ढल्यो’

हामी फुटबल प्रतियोगिताका लागि ३ दिनअघि जाजरकोट आएका थियौं । म फुटबल प्रशिक्षक र केही रेफ्री साथीहरु यहाँको होटल रिद्धिमा बसेका थियौं । हिजो साँझको खेल सकिएपछि हामी खाना खाएर सुत्न गयौं । म एउटा कोठामा एक्लै सुतेँ र अरु ३ जना साथीहरु अर्को कोठामा कुराकानी गरेर बसिरहनुभएको थियो । भूकम्प आउँछ भन्ने कुनै कल्पना […]

दल्ली नगर अस्पतालमा भुईंमा राखेर घाइतेको उपचार, औषधि अभाव हुन थाल्यो

भूकम्पको केन्द्रविन्दु जाजरकोटको नलगाड नगरपालिकास्थित दल्ली नगर अस्पतालमा घाइतेको उपचारमा समस्या भएको छ । नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले सीमित स्रोत साधनबाट उपचारमा कठिन भएको बताए । हाल उक्त अस्पतालमा ५० भन्दा धेरै घाइतेको उपपचार भइरहेको छ । उनका अनुसार गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णार्ली प्रादेशिक अस्पताल, सुर्खेतमा पठाइएको छ । ‘१५ शय्याको […]

रहेनन् ‘पुतली बाजे’

पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा शनिबार पोखरामा निधन भएको छ । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनको ८७ वर्षको उमेरमा पोखरामा हरियोखर्क अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी साढे […]

प्रधानमन्त्री चढेको हेलिकप्टरमा घाइतेको उद्धार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ । प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् । प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर […]

जाजरकोट भूकम्प : भेरी अस्पताललाई डेडिकेट अस्पताल तोकियो

जाजरकोट भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ । गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकले जानकारी दिएको छ । त्यसका लागि तयारी भइसकेको छ । प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । […]

भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको मृत्यु

गएरातीको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको  मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख  सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् । अनलाईनखबर

जाजरकोमा भूकम्पमा परि उपप्रमुख सरिता सिह सहित ३६ जनाको मृत्यु, ४६ जना घाइते

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा ३६ जनाको मृत्यु छ भने ४६ बढी घाइते भएका छन् । उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पुर्‍याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ […]