आज कार्तिक १८ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर मिले पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। वृष – […]

कोशीमा मन्त्रिपरिषद विस्तार, माओवादी र एकीकृत समाजवादीबाट १-१ मन्त्रीको शपथ

केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय तोकिएको छैन । नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनियताको शपथ गराएका छन् […]

पूर्वएआईजी रणबहादुर चन्द र तारा बरालबीच बिहे

नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

इन्स्टाग्रामबाट युवतीको फोटो निकाली ‘कल गर्ल’ भन्दै ‘डील’ गर्ने दुई जना पक्राउ

इन्स्टाग्रामबाट युवतीको फोटो निकाली दुरुपयोग गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङका २४ वर्षीय गौरव जैन र भोजरपुरका ३३ वर्षीय शैलेन्द्र श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङको सहयोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विराटनगरबाट पक्राउ गरेको हो। उनीहरूले ह्वाट्स एपमा ‘नेपाली कल गर्ल’ भन्ने ग्रुप बनाएका थिए। उक्त ग्रुपमा इन्स्टाग्रामबाट विभिन्न […]

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । मूलपानी मैदानमा युएईले दिएको १३५ रनको […]

विमानस्थलमै झगडा गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित

रामेछापस्थित मन्थली विमानस्थलमा हात हालाहाल गर्ने दुई पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ग्राउण्डेड गरेको छ । प्राधिकरणका अनुसार तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठको लाइसेन्स सस्पेन्समा परेको हो । उनीहरुबारे थप अनुसन्धान हुने र कारवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले जनाएको छ । शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि […]

कम मूल्यका दुई नेकेड स्पोर्टस् मोटरसाइकल, कुनमा कस्ता फिचर ?

बजाज र टीभीएस अहिले राम्रा प्रतिस्पर्धी हुन् । दुबै ब्राण्डले कम मूल्यमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउँदै आएका छन् । टीभीएसले १६० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको छ । कम्पनीले अपाचे RTR 160 4v को स्पेशल एडिशन नेपाल ल्याउन लागेको हो । बजाज पल्सर N160 एक वर्षअघि नै नेपाल आएको हो । नयाँ जेनेरेशन […]

नेपाललाई युएईविरुद्ध बदला लिँदै विश्वकपमा पुग्ने मौका

नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । यो खेल जिते नेपाल टी-२० विश्वकपमा पुग्नेछ भने पराजित भए १० वर्षपछि विश्वकप खेल्ने सपना फेरि अधुरै रहनेछ । घरेलु मैदानमा भइरहेको आईसीसी टी-२० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो । समूह ‘ए’ मा ओमान […]

अँध्यारो कोठामा तीन नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता भन्न सकिन्न : सिके राउत

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले देश ‘टाइटानिक’ जहाज जस्तै डुबिरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सो विम्ब प्रयोग गरेर देशको अवस्था बताएका हुन् । उनले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गरे । अध्यक्ष राउतले प्रतिशोध साँध्नका लागि सरकारबाट पक्राउ गर्ने कुरा राम्रो नभएको समेत बताए । उनले देशमा जनताका […]

पालिकाको मनोमानी, अदालतको फैसला लत्याउदै प्रधानाध्यापक सरुवा

विद्यालयको काममा १० दिनका लागि जापान गएका चितवनको रत्ननगरस्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई काममा नफर्किँदै पालिकाले सरुवा गरिदिएको छ । विद्यालयका प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई २०७७ माघ ५ गते नगर शिक्षा समितिले ५ वर्षको लागि उक्त विद्यालयमा ल्याएको थियो । उनलाई २०८२ साल माघ ९ गतेसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न नियुक्त पनि गरियो । […]