आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

  आज बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ । अन्य समय भने ५ बजेसम्म नै सेवा […]

आज कार्तिक १६ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। […]

१८ वर्षीया रजिना बनिन् मधेश प्रदेशको शिक्षामन्त्री

‘रिल’ मा एक दिनका लागि मन्त्री/मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन। धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया रजीना खातुनको वास्तविक जीवनमै त्यस्तो भएको छ। बुधबार उनको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजीना एक घण्टाका लागि मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृतिमन्त्री बनिन्। कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री […]

अर्बौंको कारोबार गर्ने कम्पनीलाई सेयर बजारमा ल्याउने योजना अलपत्र

गत आर्थिक वर्ष २०७९-८० को बजेटमा सरकारले एक अर्ब रूपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनीले सेयर जारी गर्नुपर्ने व्यवस्था गर्ने उल्लेख गर्‍यो। यसले सेयर बजारलाई आशावादी बनाएको थियो। बजारमा लगानी विविधीकरणको उपकरण पाइने आशा लगानीकर्तामा थियो। ‘एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पुँजी वा ५ अर्ब […]

हेरौ नेपाली दलहरूको भाइचारा….

दुई प्रमुख राजनीतिक दलले दसैंलगत्तै आयोजना गर्ने चियापान र शुभकामना आदानप्रदानले नेपाली राजनीतिको एउटा यस्तो संस्कार झल्काउँछ, जुन दक्षिण एसियाका राजनीतिक दलहरूमा विरलै पाइन्छ। त्यो संस्कार हो — आपसी भाइचारा, सद्भाव र सौहार्दताको। पञ्चायती व्यवस्थामा दलहरूमाथि प्रतिबन्ध लागेका बेला नेपाली कांग्रेसका तत्कालीन सभापति बिपी कोइरालाले विभिन्न दलका नेता र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग राजनीतिक कुराकानी गर्ने रणनीतिक अवसरका रूपमा चियापान संस्कृतिको थालनी गरेका […]

जाँदाजाँदै त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउन सुझाव दिएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिनु अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाएर शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्न सुझाव दिएका हुन् । हाल त्रिविको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने व्यवस्था छ । […]

विश्वका ५५ सिर्जनशील सहरको सूचीमा काठमाडौं

  विश्वका ५५ सिर्जनशील सहरमा नेपालको काठमाडौं परेको छ। विश्व सहर दिवसको अवसर पार्दै युनेस्कोले मंगलबार काठमाडौंलाई सिर्जनशील सहरको सूचीमा राखेको हो। युनेस्कोको ‘सिर्जनशील सहर संजाल’ कार्यक्रम अन्तर्गत काठमाडौं फिल्मको सहरको सूचीमा छनोट भएको हो। युनेस्कोले विश्वभरका सहरलाई सातवटा रचनात्मक क्षेत्रहरुमा विभाजन गरेको थियो– शिल्प र लोककला, डिजाइन, चलचित्र, खाना, साहित्य, मिडिया कला र संगीत। […]

श्वेता खड्कासँग अदालतले माग्यो माझीबस्ती प्रकरणमा लिखित जवाफ

उच्च अदालत पाटनले सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार लक्ष्मी सनराइज बैंक र रञ्जना खड्का अर्थात् अभिनेत्री श्वेता खड्काको कम्पनी श्वेताश्री फाउण्डेसनलाई १५ दिनभित्र अदालतमा उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेशसमेत दिएको छ । उत्प्रेषणको आदेश जारी गरिपाऊँ भन्दै हेलबहादुर माझीसमेतले अदालतमा […]

डेढ अर्ब नोक्सान हुने गरी टेरामक्सको ठेक्का….

नेपाल दुरसञ्चार प्राधिकरणले प्रचलित कानूनको उल्लंघन हुने गरी मिलेमतो गरी टेरामक्स प्रणाली खरिद गरेको भेटिएको छ । महँगोमा टेरामक्स प्रणाली खरिदको निर्णय गर्दा राज्यकोषमा कम्तिमा पनि डेढ अर्ब हाराहारीको नोक्सानी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालसम्म गरेको अनुसन्धान अनुसार, टेलिफोन कल नियमन अनि शंकास्पद कलको व्यवस्थापन प्रणाली -टेरामक्स) को टेण्डरकै क्रममा गडबड र […]

त्रिविका शिक्षक र कर्मचारीलाई शतप्रतिशत भत्ता

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले शिक्षक तथा कर्मचारीको १०० प्रतिशतसम्म भत्ता वृद्धि गर्ने निर्णय गराएका छन् । गत १२ असारको त्रिभुवन विश्वविद्यालय सभा (सिनेट)ले आर्थिक अवस्था कमजोर भएको भन्दै पदाधिकारी, शिक्षक, कर्मचारीको प्रोत्साहन, अतिरिक्त समयमा काम गरेको पारिश्रमिक १ साउनदेखि लागू हुने गरी कटौती गरेको थियो । उक्त निर्णय फिर्ताको माग गर्दै त्रिविका कर्मचारीले आन्दोलन […]