कतारको भिसा नपठाएको झोँकमा गरिएको थियो मुगुमा चार जनाको हत्या हत्यामा

मुगुमा एकै परिवारको चार जनाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीय मनोज, ७ वर्षीया अप्सरा र ५ महिने रहरको हत्या आरोपमा नातेदार दुई जना पक्राउ परेका छन्। छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ पिनाका ३१ वर्षीय काले भन्ने […]

मेयरलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले पद गएको भन्ने निर्णयको बदर गर्दै शुक्रबार पुनर्वहाली गर्न सर्वोच्चले आदेश दिएको हो। सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ, ‘निवेदिकाको नगर प्रमुख पद स्वत रिक्त भएको भनी निर्वाचन आयोगबाट मिति २०८० साल असोज २९ […]

उपरथी ताराध्वज पाण्डेले दिए राजीनामा

भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । पाण्डेले परीक्षा नियन्त्रण कार्यालयको ढड्डामै केरमेट गरेर झण्डै दुई वर्ष उमेर घटाएको विवरण अनलाइनखबरले १६ कात्तिकमा सार्वजनिक गरेको थियो । लगत्तै यस विषयमा […]

रहिनन् अभिनेत्री दीपासा बीसी

मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ । बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनको मृत्युको कारण खुलिसकेको छैन । दीपासाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ । सुर्खेत घर भएकी दीपासा अविवाहित हुन् […]

महिनावारी रोक्ने औषधिको जथाभावी प्रयोग : निम्तिन सक्छ स्वास्थ्यमा गम्भीर खतरा

महिलाको प्राकृतिक चक्र अर्थात् महिनावारी प्रत्येक महिनामा २८ देखि ३८ दिनको बिचमा हुन्छ । महिनावारी चक्रलाई चाहेर पनि कुनै महिलाले रोक्न सक्दैनन् । तर, जव घरमा चाडपर्व, पूजापाठ, पितृकार्य, कुनै विशेषकार्य गर्दा महिनावारी हुने समय परेको खण्डमा औषधि सेवन गरी तत्कालका लागि सार्ने चलन छ । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार, छठ नजिकिदैं छ । […]

एस ई ई का लागि रजिस्ट्रेसन फाराम आवेदन खुला

माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको लागि रजिस्ट्रेसन आवेदन खुला गरेको हो । शैक्षिक सत्र २०८१ मा एसईई परीक्षाम समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो। मङ्सिर मसान्तसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। मङ्सिर मसान्तसम्म फाराम […]

दुबईमा हुने कोप–२८ सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदै छ । सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिन लागेको हो । त्यसका लागि वन तथा […]