कर्मचारीको भत्ता कटौतीले संसद चलाउन समस्या भयो : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संसद सचिवालयका कर्मचारीको भत्ता कटौती हुँदा कार्यालय समयबाहेक संसद चलाउन समस्या भएको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरुसँग समितिको काम कारबाहीका विषयमा भएको छलफलमा सभामुख घिमिरेले सरकारले संसदको बजेट नियन्त्रण गरेका कारण समस्या भएको बताए । ‘हाम्रो बाध्यता के छ भने अफिस टाइम भन्दा फरक टाइममा संसद नचलाइकन काम चलाउनुपर्छ है […]

दर्जन सरकारी कार्यालय गुमाएको धरान

साठीको दशकसम्म जनसहभागिताको आधारमा विकासको मोडेल प्रयोग गर्ने र अरू पालिकाहरूका लागि पनि नमूना बनेको धरान अहिले आफैं थला परेको छ । एकताका पूर्वको पर्यटकीय शहर, पूर्व गोर्खा सैनिकहरूले सजाएको शहर भनेर चिनिएको धरानले विकास निर्माणको सन्दर्भमा पछिल्लो समयमा घस्रिन समेत सकेको छैन, छिमेकी पालिकाहरूले फड्को मार्दा । पचासको दशकमा धरानलाई शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद […]

सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ । ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय प्रमुख डिल्ली रिजालले जानकारी दिए । उनले यातायात व्यवस्था विभागको परिपत्र र कार्यालयको निर्णयानुसार नयाँ दर्ता हुने सवारीसाधनमा ‘इम्बोस्ड नम्बर […]

आज मंसिर ११ गते तपाईंको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा […]