रेशमको आममाफीविरुद्ध रिटमाथि सुनुवाइ आजबाट

0 minutes, 0 seconds Read
Spread the love

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाह गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि बिहीबारबाट सुनुवाइ हुने भएको छ। रिटमाथि सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो।

गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठमा जेलमुक्त भएका थिए।

टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १४ गते सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जेल चलान भएका थिए ।  अन्नपूर्ण

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *