संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा

0 minutes, 0 seconds Read
Spread the love

अधिकार माग्दै मधेस प्रदेश सरकारले संघीय सरकारविरूद्ध आज आन्दोलन घोषणा गर्ने भएको छ। संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश सरकार सरकारविरूद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने तयारी थालेको हो।

प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले संघ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन गर्न लागेको छ। आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बुधबार दिउँसो दुई बजे मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेको मधेस सरकारले बताएको छ।

सोमबार मुख्यमन्त्री, मन्त्री लगायतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना बस्ने पनि निर्णय गरेको थियो।

बिहीबार यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने सहमति भएको छ। यसअघि समेत प्रदेश सरकारले यी अधिकारहरू माग्दै पटक–पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउँदै आन्दोलनको चेतावनी दिँदै आएका थिए। सेतोपाटी

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *