‘६ सय जति अमेरिका छिरे, ६ सय बाटोमै छन्, अरु थुप्रै तयारीमा छन्’

करिब एक दशक भयो, रुकुममा अमेरिका जाने लहर चलेको । द्वन्द्वकालकै बेला केही फाटफुट गएका थिए, शान्ति सम्झौतापछि यो क्रम बढ्यो । अमेरिका जाने क्रम बढेको एक दशक जति भयो होला । अहिले त अवस्था यस्तो छ की अमेरिका नगएका कुनै गाउँ टोल छैनन् । आधाजसो घरमा प्रत्येक घरबाट कोही न कोही अमेरिका गएका छन् […]